काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी र उनका श्रीमान अमेरिका निवासी आशिष गेलालको वैवाहिक सम्बन्ध टुंगिएको छ ।
विवाह गरेको एक वर्ष नपुग्दै उनीहरुको विवाह कानूनी रुपमा टुंगिएको हो । वर्षाकी श्रीमान् गेलालले सम्बन्धविच्छेदसँगै अर्को विवाह गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत आशिषले अर्कै युवतीसँग विवाह गरेको तस्बिर सार्वजनिक भएको छ । आशिषले सोमबार झापाकी समीक्षा बिमलीसँग विवाह गरेका छन् ।
वर्षाले गत वैशाखमा आशिषसँग विवाह गरेकी थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।