काठमाडौं । युरोप–नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायल राईको एकल साँगीतिक कार्यक्रम हुने भएको छ । चौतारी इभेन्ट्स फिनल्यान्डको प्रस्तुतिमा भोलि शनिबार अर्थात १३ मे मा ‘लाइभ कन्सर्ट विथ राजेशपायल राई’ हुने भएको हो ।
कार्यक्रम विगत ११ वर्षदेखि फिनल्यान्डमा रहेका विष्णु अर्यालको संयोजनमा हुन लागेको हो।कार्यक्रम संयोजक अर्यालका अनुसार कार्यक्रम फिनल्यान्डको राजधानी हेलसिन्कीस्थित ओस्टोस्टी ४ मा रहेको कोन्तुला नुउरिसोटलाको हलमा सॉझ ५ बजेबाट सुरु हुनेछ । कार्यक्रममा ३ सय बढीको उपस्थिति रहने आयोजकको अपेक्षा छ । कार्यक्रमको लागि गायक राजेश पायल राई आजै फिनल्यान्ड आइसकेको र कार्यक्रमको सम्पूर्ण तयारी भएको उनले बताए।
कन्सर्टमा सहभागिताका लागि १० युरो राखिएको र १२ वर्ष भन्दा मुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था छ।
‘राई इज किङ’का रुपमा चर्चित राजेशपायल केही समयदेखि एकल सांगीतिक कार्यक्रमका क्रममा युरोपमा रहेका छन् । उनले स्पेन, पोर्चुगल, माल्टा, बेल्जियम, पोल्याण्ड लगायतका बिभिन्न देशका सहरहरुमा प्रस्तुति पछि फिनल्यान्डको राजधानी हेलसिन्की तताउन लागेका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।