- एल बि मगर
रोल्पा । रोल्पाको एक महोत्सवको सास्कृतिक कार्यक्रममा लोक गायक बद्री पंगेनिले रोल्पाली दर्शकहरु लाई रुवाएका छन ।
रोल्पाको होलेरिमा सन्चालन भैरहेको तेस्रो होलेरी सास्कृतिक तथा ब्यापार महोत्सवमा पुगेका गायक पंगेनिले दर्शकहरुलाई सुमधुर गीतको लयले रुवाएका हुन् ।
रोजगारीका लागि दैनिक सयौँ युवाहरु स्वदेश छोडेर बिदेसिनुको पीडा र बर्सौँ बिदेशमा बस्दा पनि भनेको समयमा समेत गाउँ घरमा फर्कन नपाउदाको पीडा दर्शाउने गीत गाएर रोल्पाली दर्शहरुलाई रुवाएका थिए ।
उनले ‘अहिलेको दसैंमा आमा घरमा आउदिन भन्ने बोलको गीत प्रस्तुत गरेका थिए ।
उनले गीत प्रस्तुत गर्दा गर्दा सहभागी दर्शकहरु भाबुक बन्दै रोएका थिए।
सहभागी दर्शकहरुका अनुसार गायकले आफूहरुले भोग्नुपरेको मर्म र पीडालाई यथार्थ चित्रण गरि गित प्रस्तुत गर्दा आफुहरुको मन छोएपछि आसु रोक्न नसकेको बताएका थिए ।
महोत्सवमा लोक गायिका जानकी तारामी मगर लगायतका कलाकारहरुले आ–आफ्नो प्रस्तुति प्रदर्शन गरेका थिए ।
यही जेठ ११ गते देखि शुरु भएको महोत्सव २१ गते सम्म संचालन हुने र महोत्सवले स्थानीय ब्यापार र पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने आयोजक स्थानीय बजार व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर यरिले बताए ।
मेला आयोजक अध्यक्ष यरिका अनुसार करिब नब्बे वटा स्टल राखिएको मेलामा दस हजार भन्दा बढी दर्शकहरुले अबलोकन गर्ने बताए।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।