काठमाडौँ । युवा व्यबसायी तथा गायक गोकुल खरेलको स्वर रहेको ए सुवा बोलको गीतको भिडियो बजारमा आएको छ ।
जसमा गायक गोकुललाई गायिका समिक्षा अधिकारीको स्वरमा साथ दिएकी छिन् । इञ्जिनियर सागर खरेलका शब्द शृजनामा गायक गोकुल र गायिका समिक्षा सलल बगेका छन् ।
लोकप्रिय संगीतकार दीपक शर्माको संगीत रहेको गीतमा इञ्जिनियर सागर खरेलको शब्द रहेको छ ।
उदय राज पौडेलको एरेन्ज रहेको सार्वजनिक गीतले सुदुरपश्चिमको मौलिक भाषामा आधारित रहेर प्रेमीले प्रेमीकालाई मायालु भाषामा गरिएको सम्बोधन हो ए सुवा ।
ए सुवा मार्फत एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथालाई कलात्मक रुपमा भिडियोमा निर्देशक उत्तम श्रेष्ठ शिशिरले प्रस्तुत गरेका छन् ।
मोडलद्धय समारिका दाहाल र जोन बमको अभिनय रहेको भिडियोमा प्रेममा रहेको प्रेमील जोडी गज्जबसँग खुलेको देखिन्छ । भिडियोमा समारिका र जोन गज्जबसँग खुलेका छन् ।
कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका ४ का गायक गोकुल हाल व्यबसायको सिलसिलामा जापानको हिरोसिमामा रहेका छन् ।
युवा व्यबसायी समेत रहेका गायक गोकुल व्यबसायसँगसँगै नेपाली गीत संगीतमा रमिरहेका छन् ।
उनका यसअघि फुलेको फुल, सिकाउँदैछ केही, उडाइलगेछ, आधा परान, फुलेको फुल, कहाँ थियौ, हामी स्वास्थ्यकर्मी, राष्ट्रिय गीत गुन्द्रुक ढिँडो , भमरा, लगायतका १ दर्जन बढी गीत बजारमा आइसकेका छन् ।
उनका केही गीतहरु बजारमा आउने क्रममा रहेका छन् । सार्वजनिक भिडियो गायक गोकुलकै आफ्नै च्यानल आगमन म्यूजिकबाट बजारमा आएको हो ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।