काठमाडौँ । गायक सुजन शिवाकोटीको स्वर रहेको भुक्के चप्पल बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा गायक स्वयमकै शब्द तथा संगीत रहेको छ । निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरु सुरबिर पण्डित (दारीबा), शारदा गिरी (कालीबुढी), नबिना शिलवाल (खुईली)को अभिनय रहेको छ ।
भुक्के चप्पल गाउँले परिवेशको कथामा बनेको भिडियो हो । जसले प्रेम, कमेडी, लगायतका विषयबस्तुलाई समेटेको छ ।
भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने भिडियोको सम्पादन लोकप्रिय सम्पादक मिन रावलले गरेका हुन् । जसको कलरिङ पनि रावल स्वयमको रहेको छ ।
भिडियोको निर्देशन लेखराज तामाङले गरेका हुन् भने सह निर्देशन विकाश नेपालले गरेका हुन् ।
युवा उद्यमी समेत रहेका गायक शिवाकोटीले यसअघि हाम्रो जंगल नामक फिल्म, परिबन्ध, कान्छा २ , लगायतका सर्ट मूभी र म त परेँ नामक म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।
कलाकारितामा राम्रो झुकाव हुँदा हुँदै पनि गरिबी र बाध्यताका कारण परदेशिन विबश बनेका गायक शिवाकोटीले गायन र कलाकारिताका माध्यमबाट समाजमा केही गरेर देखाउन खोजेको हुटहुटीका कारण उनी मलेसियाबाट छोटो समयमा नै पर्किएर आफ्नै मुलुकमा केही
गरौँ भन्ने उदेश्यले व्यबसायमा पनि सक्रिय छन् ।
आफ्ना साथीभाईहरुको मजबुत टिम बनाएर अघि बढेका युवा उद्यमी शिवकोटी आमाको सपना पुरा गर्नका लागि भन्दै पनि अहोरात्र राम्रा र सामाजिक काममा पनि सक्रिय छन् ।
जसमध्ये उनले आफ्नो दुई दशकदेखिको सपना पूरा गर्नका लागि भन्दै भुक्के चप्पल बजारमा ल्याएको बताए ।
साधारण परिवारमा हुर्केका गायक शिवाकोटी मिलनसार स्वभावका व्यक्ति हुन् । साथीभाईसँग मात्रै बढी समय बिताउने उनी मुलकमा अर्थतन्त्र सबल बनेको हेर्न र देख्न चाहान्छन् । उनले सयौ नेपालीलाइ रोजगारी पनि दिएका छन ।
उनले नेपाली बजारमा श्रीखन्ड नामक नेलाली ब्रान्ड र आगमन नेपाली ब्रान्डका आफ्ना पार्ट्नरहरुसङ सहकार्य गर्दै आइरहेका छन ।
(भिडियो)
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।