काठमाडौं । सेन्सर बोर्डले चलचित्र प्रदर्शन गर्न अनुमति दिएका कुनै पनि फिल्म नरोक्न उच्च अदालत पाटनको आदेशसँगै भारतीय चलचित्र आदिपुरुषको प्रदर्शनको बाटो पनि खुला भएको छ ।
अदालतका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले बिहीबार सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म नरोक्न आदेश जारी गरेसँगै भारतीय चलचित्र आदिपुरुष पनि प्रदर्शनका लागि खुला भएको हो ।
चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले बुधबार भारतीय चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए ।
भारतीय चलचित्र ‘आदिपुरुष’ मा ‘सीता भारतीय छोरी हुन्’ भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरका मेयर शाहले गत सोमबारदेखि १७ चलचित्र भवनमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएका थिए ।
तर, बिहीबार अदालतको आदेशसँगै भारतीय चलचित्र प्रदर्शनको बाटो खुला भएको छ । अदालतको आदेशपछि चलचित्र व्यापारीहरु सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका सबै फिल्म चलाउने तयारीमा रहेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।