काठमाडौं । उच्च अदालत पाटनको आदेशसँगै नेपाल चलचित्र संघले आदिपुरुषबाहेक अन्य भारतीय चलचित्र प्रदर्शन गर्ने निर्णय गरेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले आदिपुरुषबाहेक अन्य भारतीय चलचित्र प्रदर्शन गर्ने जानकारी दिएको हो । विज्ञप्तिमा शुक्रबारबाटै नेपालभर फिल्म प्रदर्शन गर्ने पनि भनिएको छ ।
संघका महासचिव नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आदिपुरुषबाहेक अन्य स्वदेशी तथा विदेशी चलचित्रहरु आजैका मितिदेखि नेपालभर प्रदर्शन गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छु ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।