काठमाडौं । चर्चित गायक तथा संगीतकार थानेश्वर गौतमको स्वर, सँगितमा एउटा पृथक शैलीको गीत यतिबेला चर्चाको श्रेणी चढ्दैछ । यमन रागमा आधारित यस गीतमा शब्द, स्वर र सँगितको अनुपम समिश्रणले गीतलाई निकै सुमधुर बनाएको छ ।
“मिलनको अर्थ” नाम दिइएको यस गितमा विष्णु पाण्डेयले शब्द लखेका छन् भने नरेन्द्र बियोगीले मिक्सीङ्ग गरेका छन् । थानेश्वर गौतम नामको युट्यूब च्यानल माफर्त सार्वजनिक भएकोयस गीतमा मोडल कविता न्यौपानेको कुशल नृत्य हेर्न पाईन्छ ।
गौतमका छुट्नलाई पो रैछ, बेचेर सपना, फुर्के धागोलगायतका दर्जनौ गित, गजल चर्चित छन् ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।