फिल्म ‘सुई धागा’को सुटिङमा व्यस्त बलिउड नायिका अनुष्का शर्मा आफ्नो ब्यस्त समय बाट निस्केर पति विराट कोहलीलाई भेट्न निस्केकी छन्।बिहे लगत्तै विराट क्रिकेटमा ब्यस्त छन् भने अनुष्का पनि सुटिङमै ब्यस्त छिन् यसबीचमा अनुष्काले नयाँ योजना बनाइन आफ्नो पार्टनरलाई भेट्ने किनकी यतीखेर विराट आइपिएलको तयारीका लागि दिल्लीमा छन् त्यस्तै अनुष्का फिल्मको सुटिङका लागि दिल्लीमै छिन् ।बिहेपछि अनुष्का फिल्मको सुटिङका लागि र विराट पनि क्रिकेटका लागि विदेशतिर फरक–फरक ठाउँमा हुन्थे ।
व्यस्त समय तालिकाका कारण एकले अर्कालाई समय दिनै पाइरहेका थिएनन् । जब अनुष्का सुटिङका लागि दिल्ली आइन्, तब उनले सुटिङबाट दुई दिनको बिदा मिलाइन् ।
बिदा लिएर अनुष्का विराट कोहलीलाई भेट्न गएकी छिन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।