चर्चित रियालिटी शो नेपाल आइडलको टप ३ मा पुगेका गायक प्रताप दासलाई चलचित्र ‘लिलिबिली’को मोफसलमा प्रोमोसनल टुर अन्तर्गत भएको एक कन्सर्टमा एक महिलाले नगद ईनाम दिएकी छन् ।

‘लिलिबिली’को रोमान्टिक पप जनराको गीत ‘इज इट लभ’ गीतमा स्वर दिएका प्रताप दासले कन्सर्टमा यो गीत सगै प्रेम गीत २ को मोटरसाइकलमामा लगायतका अन्य गीत गएर दर्शकलाई खुब मनोरन्जन दिएका थिए ।प्रतापको गीत सुन्न बुढा देखि केटाकेटी सम्म झुम्मीएका थिए ।
प्रताप दासले गीत गाउदै गर्दा करिब ५५र६० बर्षको देखिने एक महिलाले उनको गीत निकै राम्रो लाग्ने भन्दै उनलाई इनाम स्वरुप ५० रुपिया दिएकी थिन । ति महिलाले उनको स्वर मन परेर आफुले सक्ने पैसा प्रतापलाई इनाम दिएको बताईन् ।

गायक प्रताप दासले पैसा ठुलो सानो भन्दा पनि आफुले धेरै माया पाएको यसरी नै सधै दर्शक तथा स्रोताको मायाको भोको रहेको बताए। कार्यक्रममा प्रतापलाई गीत गाउन गायिका मेचु धिमालले साथ दिएकि थिइन् ।कन्सर्टमा नायक प्रदीप खड्का,नायिका जसिता गुरुङ,गायक एसडी योगी,कलाकार सोनिका रोका, दिनेश काफ्लेले दर्शकलाई मनोरन्जन दिएका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।