
अहंकारले मानीसलाई उचाईबाट तल झार्न समय लाग्दैन यही भनाई एक ताकाका चर्चाको शिखरमा पुग्न सफल भारतीय हाँस्य कलाकार कपिल शर्माको जिवनमा सिद्ध भएको छ । द ‘कपिल शर्मा शो’ जतिबेला लोकप्रियताको शिखरमा थियो त्यतीबेला बलिउडका चल्तीका नायक नायीकाहरु पनि कपिलको शोमा देखीन लालायीत हुन्थे ।
बिस्तारै लोकप्रियतासँगै ‘कपिलमा मात र दम्भ चढ्दै गयो आफ्ना सहकर्मी शुनील ग्रोबरलाई कार्यक्रमकै शिलशिलामा जाँदा दुर्ब्यवहार गरे जसले गर्दा सुनील सँगै एक पछि अर्को गर्दै सहकर्मीहरुले साथ छाड्दै गए यो सँगै उनको साख गिर्दै गयो ‘अहंकारले उनलाई मासेर छाड्यो ।उनको कार्यक्रम बन्द हुन पुग्यो ।
कपिल ‘हिरो’ भएर खेलेको फिल्म ‘फिरंगी’ सुपर फ्लप भयो ।सबै तिरबाट निराश उनी बिरामी पर्न थाले हल्ला चल्यो उनी डिप्रेसनको शिकार भए ।यसै बिच पूनः आफ्नो गिरेको साख जोगाउन फेरि उनी नयाँ शो फेमेली टाइम विथ कपिल शर्मा लिएर टेलिभिजनको पर्दामा देखा परे ।तर उनको पहिलो शोले दर्शकको ध्यान तान्न सफल देखिएन पहिलो एपिशोडबाट दर्शक निराश हुन पुगेका छन् शो गतिलो नभएको चौतर्फी प्रतिक्रिया आईरहेको छ यसले गर्दा ‘कपिल झन् निरास हुने पक्का भएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।