
गीत चोरीको आरोपमा परेका ‘कृ’ का निर्माता सुवास गिरी हिरासत मुक्त भएका छन् ।अनमोल केसीको अभिनय रहेको चलचित्र ‘कृ’ मा रहेको ‘उकालीमा अघिअघि’ बोलको गीत आफ्नो पुरानो फिल्म सम्झनाको भएको र बिना ईजाजत अहिले राखीएको भन्दै शम्भु प्रधानले बिरोध गरेपछि विावाद सृजना भएको थियो ।
विना अनुमती फिल्म ‘कृ’ मा आफ्नो गीत राखिएको भन्दै केही हप्ता अगाडि काठमाडौं प्रहरी परिसर, टेकुमा प्रधानले निर्माता भुवन केसीविरुद्ध जाहेरी दर्ता गराए पछि गीत चोरीको आरोपमा मंगलवार साँझ ‘कृ’का निर्माता सुवास गिरीलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएकोमा बुधवार दिउँसो हिरासत मुक्त भएका छन् ।
शम्भु प्रधान र ‘कृ’ का निर्माता सुवास गिरी बिच ११ लाख क्षतीपूर्ती स्वरुप निर्माता गिरीले प्रधानलाई दिएपछि मिलापत्र भएको छ । मिलापत्रमा ‘कृ’ युट्युबमा आउँदा ‘उकालीमा अघिअघि’ वाक्य काट्नु पर्नेछ । विदेश प्रदर्शनमा भने गीत यथावत नै रहनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।