चलचित्र ‘ड्रिम गर्ल’ को प्रदर्शन मिति तय गरिएको छ । निर्देशक ऋषिराज आचार्यको निर्देशन रहेको ‘ड्रिम गर्ल’ असार २९ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
काठमाडौ, मुस्ताङ, राराताल तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचीएको यस चलचित्रमा आकाश श्रेष्ठ, आश्मा गिरी, बिल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, सुरवीर पण्डित लगायतका कलाकारले अभिनय रहेको छ । झण्डै दुई करोड बढी लगानी रहेको दाबी गरिएको चलचित्रलाई निर्देशक ऋषिराज आचार्यले निर्माण गरेका हुन् भने सहनिर्मातामा अर्जुन शर्मा,दक्षिण भारतको रिल एण्ड रियल सिनेमाका अन्टा रोचा रोवन र रामेश्वर घिताल छन् ।
आरबि मुभीजको ब्यानरमा बनेको प्रेमकथानक फिल्ममा अर्जुन पोखरेलले संगीत छ । राहुल राईले खिचेको फिल्मको सम्पादन नवीन निरौलाले गरेका हुन् । केही दिनपछि फिल्मको एउटा गीत सार्वजनीक गरिने निर्देशक ऋषिराजले जानकारी दिएका छन् । चलचित्रलाई डिसिएनले बितरण गर्ने भएको छ ।
चलचित्रलाई निर्देशक ऋषिराज आचार्यले निर्माण गरेका हुन् भने सहनिर्मातामा अर्जुन शर्मा,दक्षिण भारतको रिल एण्ड रियल सिनेमाका अन्टा रोचा रोवन र रामेश्वर घिताल छन् ।
आरबि मुभीजको ब्यानरमा बनेको प्रेमकथानक फिल्ममा अर्जुन पोखरेलले संगीत छ । राहुल राईले खिचेको फिल्मको सम्पादन नवीन निरौलाले गरेका हुन् । केही दिनपछि फिल्मको एउटा गीत सार्वजनीक गरिने निर्देशक ऋषिराजले जानकारी दिएका छन् । चलचित्रलाई डिसिएनले बितरण गर्ने भएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।