काठमाडौं । फिल्म ‘मनाङ्गे नानी’को रिलिज मिति तोकिएको छ । यो फिल्म आगामी वैशाख १४ गतेबाट दर्शकमाझ रिलिजमा आउने भएको छ ।

राजधानीमा पत्रकार सम्मेलन फिल्मका निर्माण पक्षले ‘मनाङ्गे नानी’ फिल्मको रिलिज मिति वैशाख १४ गतेलाई तय गरेको हो ।
यो फिल्ममा गौतम गुरुङ, सोल बहादुर गुरुङ, भिम राज गुरुङ र टिकामाय गुरुङ निर्माता रहेको सो चलचित्रमा भिम गुरुङ, शान्ति गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिसा गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।
शुभेच्छा फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित यो फिल्ममा कथा, पटकथा र गीत सङ्गीत र निर्देशन खुस बहादुर गुरुङको रहेको छ ।
मनाङमा बसोबास गर्दै आइरहेका गुरुङ समुदायको कथा समेटिएको उक्त फिल्ममा भरपुर एक्सन, प्रेम र कमेडी रहेको निर्देशक गुरुङले दाबी गरेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।