
काठमाडौं । फिल्म ‘नेप्टे’को ‘आँखा छ चिम्रो’ तेश्रो गीत सार्वजनिक भएको छ । फिल्म नेप्टे प्रदर्शनको तयारीमा रहेको छ ।
आँखा छ चिम्रो’ गीतमा गायक बिषण राई र दीपा लामाको स्वर रहेको छ भने गीतमा शब्द , सङ्गीत भने नायक तथा निर्माता रोहित रुम्बाको रहेको छ । रोहित सँगै बुद्धि तामांग (हैट ), अर्जुन गुरुङ र नायिका पूर्णिमा लामालाई फिचर गरिएको छ ।
कविराज गहतराजले गीतलाई कोरियोग्राफी गरेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।