
चोरिएको एउटा गीतको कथा
काठमाडौं । (उकालीमा पछिपछि ‘कृ’) यो गीत भर्खरै रिलिज भएको नेपाली चलचित्र कृ को हो । उकालिमा अघि अघि ओरालीमा पछि पछि यो केटी के भा को ? नदेखुञ्जेल को हो को हो देखेपछि माया मोह …. बोलको गीतले बजारमा निकै लोकप्रियता कमाइरहेको छ ।
अनमोल केसी र अदिती बुढाथोकीको अभिनय रहेको उक्त गीतमा अल्मोडा राना उप्रेतीको शब्द र संगित रहेको छ भने स्वर पनि अलमोडा राना उप्रेतीकै रहेको छ । बजारमा निकै लोकप्रियता हासिल गरेको यो गीतले उत्तिकै झमेला पनि खेप्यो । कारण यसको शब्द र केही अन्तरा चोरिएको फेला परेको छ । एकपटक पुरानो यो गीतको अंश सुन्नुहोस् ।
चलचित्र सम्झनाको यो गीत र भर्खरै रिलिज भएको कृ चलचित्र यो गीतको केही शब्द, लय र संगीत एउटै रहेको छ । भुवन केसी र तृप्ती नातकरको अभिनय रहेको यस गीतमा उदित नारायण झा र दिपा झा को स्वर रहेको छ भने रञ्जित गजमेरको शब्द र संगित रहेको छ । यही गीतको केही शब्द र संगितहरुलाई साभार गरेर नयाँ चलचित्र कृ मा राखियो ।
भुवन केसीले अभियन गरेको सम्झना फिल्मको गीत भुवन केसी स्वयम्ले निर्माण गरेको र उनका छोरा अनमोल केसीद्धारा अभिनित चलचित्र कृ मा दोहोरिनु निक्कै लज्जापस्द बिषय हो ।
भुवन केसी र सुवास गिरीलाई यो गीतले नराम्रोसँग विवादमा तान्यो । उनी विवादमा मात्र फसेनन् की गीत कपी गरेको आरोपमा ११ लाख रुपैयाँ क्षतीपुर्ती दिनुप¥यो भने १ दिन हिरासतमा समेत बस्नुप¥यो । आखिर किन प्रहरीले सुवास गिरीलाई हिरासतमा लिएको थियो त ? प्रहरीको भनाई यस्तो छ ।
सम्झना चलचित्रका निर्देशक तथा निर्माता शम्भु प्रधानले आफ्नो गीत चोरी भएको भन्दै काठमाडौं प्रहरी परिसरमा उजुरी दर्ता गराएका थिए । तर कृ चलचित्रको निर्माण पक्षले उक्त कुरालाई बेवास्ता गर्दै आएको थियो । अन्तत मंगलबार प्रहरीले कृ का निर्माता सुवास गिरीलाई पक्राउ ग¥यो र एकदिनका लागि हिरासतमा राख्यो ।
गीत चोरी भएको विषयलाई आलटाल गर्दै आएका कृ का निर्माण पक्षले अब भने उम्कने ठाउँ रहेन । शम्भु प्रधानसंग सहमतीको विकल्प नभएपछि निर्माण पक्ष प्रधानले मागजती क्षतीपुर्ती दिन बाध्य भएको हो । यसवारे सम्झना चलचित्रका निर्देशक तथा निर्माता शम्भु प्रधान भन्छन् ।
सुवास गिरीलाई प्रहरीले पक्राउ गरेपछि चलचित्र क्षेत्रमा ठुलै बैला मच्चियो । बुधबार प्रहरी परिसर काठमाडौ चलचित्रहरुको ठुलो भिडभाड जम्मा भएको थियो । प्रधानले आफ्नो गीत चोरी भएवापत आफुलाई ११ लाख क्षतिपूर्ति दिनुपर्ने, र फिल्म तथा युट्युवबाट उक्त गीत हटाउनुपर्ने मागराखेका थिए । केही चलचित्रकर्मीहरुले प्रधानलाई पछाडी हट्न समेत सुझाएका थिए ।
तर उनले आफुसंग कुनै सहमती नै नगरी आफ्नो गीतको अंश चोरेको र बिचमा यो विषयमा निर्माण पक्षले आफुलाई धेरै नै दुख दिएको भन्दै उनी पछि हट्न मानेनन् । अन्तत निर्माण पक्ष उनले भनेजती क्षतीपुर्ती र उनको माग बमोजीमका कार्यहरु गर्न निर्माण पक्ष तयार भएपछि विवाद मिलेको हो ।
अब यूट्यूवमा राखिएको कृ को गीतमा ‘उकालीमा’ गीतको अंश हटाइने छ । र फिल्मबाट पनि हटाइने छ । तर, विदेशमा प्रदर्शन गर्दा भने यो चलचित्र निर्माण पक्षले अंश हटाउन पर्ने छैन । किनभने विदेशमा उक्त प्रदर्शन गर्दा भने चोरी भएको गीतको अंश राख्न पाउने सहमति प्रधानले दिएका छन ।
पुरानो सदाबहार नेपाली चलचित्र गीत संगीतले आजको युगलाई स्वत प्रतिस्थापन गरेको महशुस हुन्छ । यस्ता कालजयि गीत संगीतहरु जुनसुकै कालखण्डमा पनि अमर रहिन्छन । तर त्यस्ता सदाबहार गीतलाई कपी गरी आफ्नो नाममा स्थापित गर्ने प्रबृत्तिले ती गीत संगितको महत्व र ती कालखण्डको परिचय नै मेटिन सक्ने संभावना बढ्दै गएको छ ।
पछिल्लो समय बढेको यस्तो प्रबृत्तिलाई शम्भु प्रधान र सुवास गिरी बिचको गीत कपी राइट प्रकरणले यतिबेला एउटा गतिलो पाठ सिकाएको छ । कसैको कलालाई कपी गरी त्यसमा आफ्नो नाम जोडेर चर्चा तथा पैसा बटुल्न खोज्नेहरुले यसबाट पाठ सिक्न जरुरी छ ।
एउटा गीत चोरीले सिकाएको पाठ
कृ फिल्ममा राखिएको उकालीमा पछिपछि भन्ने गीत चोरिएको विवादले नेपाली संगीत तथा फिल्म क्षेत्र उत्कर्षमा छ । सर्बत्र पक्ष विपक्षमा टिकाटिप्पणी आइरहेका छन् । तर सप्रमाण छ कि, गीत चोरीएकै हो । सबैको जनबोलीमा अल्झिएको यो गीतको कुनैपनि श्रेय न त पुराना अग्रज फिल्मका टिमलाई छ नत यो गीत संगीतकार रञ्जित गजमेरलाई नै हुन् ।
रञ्जित गजमेरको रचना संगीत रहेको गीतमा बकाइदा अलमोडा राना उप्रेतीको नाम देख्न सकिन्छ । गीत चोरीएको यो प्रमाण छ र निर्माण पक्षले गल्ती स्विकारेर क्षतिपुर्ती तिर्ने सहमती भइसकेको अबस्थामा विहिबार उल्टो निर्माण पक्षले पत्रकार सम्मेलन गरेर यसबारे आफुहरुको गल्ती नभएको जस्तो रवैया देखायो ।
अझ अनौठो पाटो त के छ भने यो गीतको कपी राइटको विषयमा निर्मातालाई जसरी तानिएको छ गीतकार तथा संगीतकार अलमोडालाई कुनै गल्ती देखाइएको छैन । खासमा गीतकार र संगीतकारको नै पहिला ठुलो गल्ती हुन्छ ।
अलमोडाको चोरी काण्ड यो मात्र होइन । यसअघि छक्कापञ्जा २ को ए दाजु नसमाउ नाडीमा बोलको गीतको संगीत पनि चोरी गरेको आरोप लागेको थियो गायक तथा संगीतकार अलमोडालाई । असली स्रष्टा कान्छा मगर नेपालीको गीतको केही शब्द र संगीत उनले चोरी गरेको प्रमाण पनि प्राप्त भएको थियो । पछिल्लो समय निकै आशालाग्दा रुपमा उदाएका अलमोडा चोरी काण्डलाई दोहो¥याउँदै लगेका छन् । जस्को कारण विवाद जन्मदै गएको छ ।
पछिल्लो समय गीत संगीत फिल्म कला साहित्य थेसिस जस्ता वौद्धिक सिर्जनाको चोरी हुने क्रम निकै बढिरहेको छ । जुन कानुनबाटै बन्देज छ । तर अहिलेका कलाकर्मीहरुलाई यसविषयमा त्यति जानकारी नै नभएको हो या जानाजान बुझ पचाएका हुन् । काठमाडौ प्रहरी परिसर टेकुका डीएसपी मोहनकुमार थापा यसबारे भन्छन् ।
कलाकारिकताका सिर्जनाको पाईरेसी जती बढेका छन् त्यो आधारमा प्रहरीमा उजुरीहरु भने त्यति परेका छैनन् । त्यसो त आएका केही जाहेरीहरुमा प्रहरीले संलग्न केही ब्यक्तिहरु लाई कारबाहीको दायरामा ल्याएको छ ।
नेपाल प्रतिलिपि अधिकार ऐन २०५९ को दफा २७ मा प्रतिलिपि अधिकार उल्लंघन गरेमा पहिलो पटक १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना, ६ महिना कैदा वा दुवै सजाय हुने उल्लेख छ । यस्तै दोस्रो पटक प्रतिलिपि अधिकार उलँघन गरेमा २० हजार देखि दुई लाख रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था छ ।
प्रतिलिपिबारे क्षति भएको सम्बन्धी फिल्मको निर्माताले प्रतिलिपि अधिकार हननबाट पुगेका क्षति भराउने व्यवस्था छ । लाखौं करोडौं रुपैयाँको लगानीमा निर्माण गरेको चलचित्र पाइरेसी गरेर लाखौं कमाउनलाई बढीमा २ लाखसम्म जरिवाना र एक वर्षसम्म कैद सजायलाई चलचित्रकर्मीले कम मानेका छन् । यो सजायलाई बढाएर ५ वर्षसम्म पु¥याउनुपर्ने र जरिवाना २ लाखबाट बढाएर १० लाखसम्म पु¥याउनुपर्ने माग चलचित्रकर्मीहरुले गर्न थालेका छन् ।
पाइरेसी गर्ने व्यक्तिलाई पक्राउ गरेर प्रहरीको लैजाँदा आवश्यक कारबाही नहुने, हिरासतबाट प्रहरीले छाडिदिने, समयमा न्यायिक प्रक्रिया अघि नबढ्नेजस्ता समस्याले खुलेआम पाइरेसी बढेको छ । पाईरेसीकै कारण नेपाली कला संगीत र चलचित्र नै धराशयी बन्दै गएको छ । कलाकारिता क्षेत्रमा चोरी प्रबृत्ति मौलाउँदै जाँदा पछिल्ला युवापुस्ताको खुवी भन्दा छक्याउने प्रबृत्तिको हावी हुँदैछ । जसबाट सबक सिक्न जरुरी भएको बताउँछन् निर्माता शम्भु प्रधान ।
नेपाली कलाकारिताको क्षेत्रमा मौलाएको यो प्रबृत्तिलाई चिर्र्न पछिल्लो यो घटनाबाट पाठ सिकेर कलाकारिता क्षेत्रका ब्यक्तिहरु संयमीत हुनु जरुरी छ भने दोषीलाई कानुनी कठघरामा उभ्याएर सबैले देख्ने गरि कारवाही गरिनुपर्छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।