विश्व चर्चीत स्वर्गीय पपस्टार माइकल ज्याक्सनकी छोरी पेरिस ज्याक्सन समलिंगी प्रेममा रहेको खुलासा भएको छ ।
१९ वर्षीया पेरिस स्वयंले यो खुलासा गरेकी हुन् कि उनी ब्रिटिस मोडल तथा अभिनेत्री कारा डेलेवेनसँग रिलेसनसिपमा छिन् ।
लामो समयदेखि पेरिस र कारा रिलेसनसिपमा रहेकोमा विभिन्न सञ्चारमाध्यममा गसिप बनेको थियो । तर, पहिलोपटक मात्रै दुवैजनाले सम्बन्धबारे खुलेर बोलेका छन् ।यो सार्बजनीक भएसँगै पेरिसका भाइ प्रिन्सले भने, ‘यदि बुवा माइकल ज्याक्सन जीवित हुन्थे भने यो थाहा पाएर गर्व महसुस गर्थे ।’

लामो समयदेखि पेरिस र काराको सम्बन्धबारे सञ्चारमाध्यममा गसिप बनेको थियो । तर, पहिलोपटक मात्रै दुवैजनाले सम्बन्धबारे खुलेर बोलेका छन् ।ज्याक्सन परिवार पनि पेरिसको यो रोजाइले खुसी छन् । केही समयपहिले पेरिस र काराले एक–अर्कालाई चुम्बन गरिरहेको तस्बिर सार्वजनिक भएको थियो । जुन तस्बिर भाइरल भएको थियो ।
गत वर्ष मे २०१७ मा एमटिभी मुभी एन्ड टिभी अवार्ड समारोहमा यी दुईको भेटघाट भएको थियो । त्यसपछि भेटघाटको क्रम बाक्लियो । अहिले यी दुईको सम्बन्ध संसारभर चर्चाको विषय बनेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।