काठमाडौं । चलचित्र कलाकार संघको दोश्रो ‘फान अवार्ड २०७३’ सम्पन्न भएको छ । यो अवार्डमा वरिष्ठ फिल्मकर्मी निर शाहलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरिएको छ ।
त्यस्तै यसै अवार्ड समारोहमा सञ्चारकर्मीद्वाय धु्रव लम्साल र लक्ष्मण सुवेदीलाई चलचित्र पत्रकारिता विशेष सम्मानबाट सम्मान गरियो ।
यस्तै नायक प्रदीप खड्का र साम्राज्ञीराज्य लक्ष्मी शाहलाई वर्षको लोकप्रिय नायक तथा नायिकाको अवार्ड दिइयो ।
फिल्म ‘छक्का पञ्जा’ले सर्वाधिक विधामा अवार्ड आफ्नो पोल्टामा पा¥यो । फिल्म सहित नव निर्देशक, संगीतकार, पटकथा, संवाद, नृत्य निर्देशक, खलपात्र, हाँस्य कलाकार, सह अभिनेता गरी नौ विधामा ‘छक्का पञ्जा’ले फान अवार्ड जितेको छ ।
यस्तै उत्कृष्ट निर्देशकमा गाजलु फिल्मबाट हेमराज विसीले अवार्ड पाए । उत्कृष्ट अभिनेताको अवार्ड भने फिल्म ‘जात्रा’ बाट विपिन कार्कीले अवार्ड आफ्नो पोल्टामा पारे । अभिनेत्रीतर्फ ‘डाइङ क्याण्डल’ बाट सृजना सुब्बाले पाइन् ।
यस्ता छन् फान अवार्डका वितरण गरिएका अवार्ड र विजेताहरुः
उत्कृष्ट फिल्मः छक्का पञ्जा
उत्कृष्ट कथाः जात्रा
उत्कृष्ट पटकथाः दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट निर्देशकः हेमराज बिसी, गाजलु
उत्कृष्ट स् अभिनेताः विपिन कार्की, जात्रा
उत्कृष्ट अभिनेत्रीः सृजना सुब्बा, डाइङ क्याण्डल
उत्कृष्ट नव निर्देशकः दीपाश्री निरौला, छक्का पञ्जा
उत्कृष्ट नव नायकः आर्यन अधिकारी, के म तिम्रो होइन र
उत्कृष्ट नव अभिनेत्रीः सृष्टि श्रेष्ठ, गाजलु
उत्कृष्ट सह अभिनेताः जितु नेपाल
उत्कृष्ट सह अभिनेत्रीः बर्षा राउत
उत्कृष्ट चरित्र अभिनेताः सन्तोष पन्त, किस्मत २
उत्कृष्ट चरित्र अभिनेत्रीः गेरी मल्ल, के म तिम्रो होइन र
उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे, छक्का पञ्जा
उत्कृष्ट खलपात्रः दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट संवादः दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, छक्का पञ्जा
उत्कृष्ट द्वन्द्व निर्देशकः एनबी महर्जन, जय परशुराम
उत्कृष्ट गायिकाः मीना निरौला, लुट २
उत्कृष्ट संगीतकारः राजनराज शिवाकोटी, छक्का पञ्जा
उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज, छक्क पञ्जा
उत्कृष्ट सम्पादनः मित्र डी गुरुङ, जात्रा
उत्कृष्ट छायांकनः रविन आचार्य, डाइङ क्याण्डल
उत्कृष्ट गीतकारः डा कृष्णहरी बराल, शब्द
उत्कृष्ट गायकः कालिप्रसाद बाँस्कोटा, पुरानो डुङ्गा
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।