काठमाडौँ,चैत्र १७ : नायक भूवन केसी र नायिका जीया केसीको प्रेमको बारेमा त सबैलाई था नै छ । तर, पनि यो जोडी सार्वजनिक कार्यक्रममा देखिएको थिएन । उनीहरू सधैँ मिडियाबाट लुकेर हिड्ने गरेका थिए ।
तर, केही दिनअघि स्कटल्याण्ड जाने क्रममा भूवनसँगको तस्बिर बाहिर नआओस भनेर जीया लामो समय लुकिन पनि । तर, मिडियाले उनीहरुलाई क्यामरामा कैद गरिछाडे । त्यहाँ क्यामेरामा कैद भएपछि भने उनीहरु मिडियासँग लजाउन छोडे ।
काठमाडौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना भएको ‘दोश्रो फान अवार्ड’मा भूवन र जीया एकसाथ गफिदै पुगे । ‘प्यार किया तो डर्ना क्या’ भने जस्तै अब भने भुवन र जीयाको ‘खुल्लम खुल्ला प्यार’ देखिन थालेको छ ।
धेरै वर्षदेखि उनीहरु लिभिङ टुगेदरमा छन् । फिल्मी करियरमा कुनै सफलता नपाएपनि भुवनसँगको सम्वन्ध उनका लागि लाइमलाइटमा छाइराख्ने माध्यम बनेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।