काठमाडौं । महानयाक राजेश हमाल पछिल्लो समय प्रधानमन्त्री ओलीप्रति सद्भाव राख्दै आएका छन् । सार्वजनिक कार्यक्रममा कमै देखिने गरेका उनी शनिबार प्रधानमन्त्रीले कलाकारहरुका लागि आयोजना गरेको दिवाभोजमा सहभागी भए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा कलाकारको पनि प्रतिनिधित्व हुने भएको छ । स्रोतका अनुसार अहिलेसम्म राजेश हमाल र दिनेश डीसीको नाम तय भइसकेकोछ ।
प्रधानमन्त्री ओलीले भारतमा बलिउडका फिल्मकर्मीहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । सोही भेटघाटलाई ध्यानमा राखेर फिल्मकर्मीहरु समाबेश गरिएको हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।