काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले हालै कक्षा ९ को परीक्षा दिएको जानकारी गराएकी छन् भने अब उनले आजीवन अध्ययनमै बिताउने बताएकी छन् ।
तीन वर्षअघिदेखि स्कुल पढ्न थालेकी नयाँ शक्ति नेपालकी नेतृसमेत रहेकी करिश्मा काठमाडौंको मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा अध्ययनरत छिन् । उनी सातामा पाँच दिन स्कुल जान्छिन् भने दुई दिन पार्टीकोे काममा । उनलाई स्कुलले ड्रेस अनिवार्य गरेको छैन ।
यसपाली दुई महिना तयारी गरेर परीक्षा दिएको बताउने करिश्माले छोरी कबिताले आफुलाई पढाइमा सिकाउने गरेको जानकारी गराईन् । आइतबार एक कार्यक्रममा करिश्माले भनिन् ‘मलाई म्याथ अलि गार्हो लाग्छ, छोरीले सिकाउँछिन् ।’
फिल्ममा ब्यस्त भएपछि करिष्माले पढाइ रोक्न वाध्य भएकी थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।