काठमाडौँ । आशराज विखिम लिम्बु र मनु लिम्बुको आवाजमा सजिएको लिम्बु भाषाको गीत सार्वजनिक भएको छ । सुवर्ण नेम्बाङको रचनामा रहेको ‘पालाम मिम्जिफुङ’ बोलको नयाँ पालाम गीत रिलिज भएको हो ।
रिलिज भएको ‘पालाम मिम्जिफुङ’ बोलको गीत २१ मिनेट लामो छ । यो गीतमा लिम्बु संस्कृतीलाई झल्काउँछ भने माया प्रेम लगाएतको कुरालाई समेटिएको छ ।
रिलिज गरिएको यो गीतको भिडियोलाई बिक्रम फागो वनेमले निर्देशन गरेका हुन्, भने कार्यकारी निर्देशकको रुपमा ‘तारेभीर’ फिल्मका निर्माता देउ कृष्ण देवान रहेका छन् ।
‘पालाम मिम्जिफुङ’गीतको भिडियोमा मौनता, दीप र संगीताले फिचरिङ गरेका छन्, भने बाल कलाकारमा वारुम्फुङ योङहाङ लिम्बु रहेका छन् ।
गीतको भिडियोलाई अनुप पौडेलले सम्पादन गरेका हुन्, भने गीतको संगीतलाई यदेन शेर्माले कम्पोज गरेका हुन् । गीतको भिडियोलाई युवराज राईले खिचेका हुन्, भने ड्रोन अपरेटरको रुपमा नगेन धिमाल रहेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।