काठमाडौँ । पुराना तथा नयाँ लोक गायक गायिकालाई सम्मान गरिएको छ । ‘नगरकोट दोहोरी साँझ’ले आफ्नो २० औं वार्षिककोत्सवको अवसरमा लोक गायिका ज्ञानु राणालाई विषेश सम्मान गरेको छ । त्यस्तै बद्री पंगेनी, शंकर बिसी, पशुपति शर्मा, नविन पौडेल, विना लामा, पुर्णिमा लामालाई पनि सम्मान गरेकोे छ ।
‘नगरकोट दोहोरी साँझ’ले आफ्नो स्थापनाकाल देखिनै नयाँ प्रतिभाहरुलाई उत्पादन गर्दै आईरहेको छ । ‘नगरकोट दोहोरी साँझ’ले अहिलेसम्म पशुपति शर्मा, सुनिता परियार, सम्झना लामिछाने, राजु गुरुङ लगाएतका चर्चित लोक कलाकारहरुलाई उत्पादन गरिसकेको छ ।
‘नगरकोट दोहोरी साँझ’का सञ्चालक बिननोद श्रेष्ठका अनुसार नयाँ नयाँ कलाकारहरुलाई मौका दिदै आगामी दिनहरुमा पनि चर्चित कलाकाहरु उत्पादन गर्दै जाने बताएका छन् । साथै ‘नगरकोट दोहोरी साँझ’ पारिवारिक वातावरण भएको दोहोरी साँझ भएको सञ्चालक श्रेष्ठ बताउँछन् ।
पछिल्लो समय लोक दोहारी साँझहरुले बिकृति बित्र्याईरहरेको समयमा ‘नगरकोट दोहोरी साँझ’ले भने पारिवारिक वतावरण सिर्जना गरेको सञ्चालक श्रेष्ठ बताउँछन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।