काठमाडौं। कृष्णसारको शिकार गरेको आरोपमा बलिउड अभिनेता सलमान खान दोषी ठहर भएका छन् । जोधपुरको एक अदालतले १९ वर्ष पुरानो मुद्दामा सुनुवाई गर्दै चलचित्र अभिनेता खानलाई दोषी ठहर गरेको हो ।
सरकारी वकिलले ६ वर्षको कैद सजाय माग गर्दै रिट दायर गरेका थिए । सो मुद्दामा मुछिएका अभिनेता सैफ अलि खान, अभिनेत्री सोनाली बेन्द्र, निलम, तब्बु लगायत भने निर्दोष ठहर भएका छन् ।
चलचित्रको छायांकनका क्रममा राजस्थानको जोधपुर पुगेका कलाकारको टोलीले कृष्णसारको शिकार गरेका थिए । मुद्दाको सुनुवाईका लागि सलमान खान, सैफ अलि खान, निलम लगायत जोधपुरमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।