काठमाडौँ । महानायक राजेश हमाल अन्ततः फिल्म निर्देशनमा लाग्ने भएका छन् । हमालले अमेरिकामा बस्ने केही नेपालीहरुको समुहले निर्माण गर्न लागेका लभस्टोरी फिल्मलाई निर्देशन गर्ने विषय अन्तिम चरण पुगेको बताइएको छ ।
फिल्मको अधिकांस सुटिङ अमेरिकामा हुनेछ । राजेश हमाल दिल्ली भ्रमणबाट फर्केपछि उनीसँग औपचारिक सम्झौता हुने बताइएको छ । अमेरिकामा बस्दै आएका अनिल पाण्डे र युवराज कार्की फिल्मका मुख्य निर्माता हुन् ।
यो फिल्म निर्देशन गुर्नका साथै फिल्ममा मुख्य भूमिका पनि उनकै रहने बताईएको छ । करिब ३ करोडको लागतमा निर्माण हुने फिल्मको नाम भने गोप्य राखिएको छ । हमालकै आग्रहमा नाम गोप्य राखिएको हो । फिल्म फ्लोरमा गएपछि मात्रै नाम खुलासा गर्न निर्माण पक्षलाई आग्रह गरेका छन् ।
फिल्ममा राजेशको जोडीको रुपमा प्रियंका कार्कीले अभिनय गर्ने सम्भावना रहेको छ । प्रियंकासँग मौखिक सहमति भइसकेको, तर साइन गर्न बाँकी रहेको निर्माण स्रोतले जानकारी दियो । साथै अमेरिकामा बस्ने केही युवा-युवतीले यसमा अभिनय गर्ने छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।