काठमाडौं,चैत्र २५ : शुक्रबार राजधानीको सोल्टी क्राउन प्लाजामा आयोजित दोस्रो सिजन ‘हिमालय रोडिज सिजन-२’ को उद्घाटन कार्यक्रममा अभिनेत्री दीया मास्केले कार्यक्रम ‘हिमालय रोडिज’मा आफूले बोल्दै आएको ‘त त र मम’ भाषा नसुध्रिने बताएकी छन् ।
रोडिजको निणार्यक मध्यकी एक रहेकी मास्केलाई कार्यक्रममा जर्जले बोल्ने भाषा अलि सब्भ्य नभएको भनि पत्रकारले उठाएका प्रश्नको जवाफमा उनले कार्यक्रमको फर्म्याट नै यस्तै भाषाको भएकोले आगामी सिजनमा पनि आफ्ना भाषा नसुध्रिने बताइन् ।
उद्घाटन कार्यक्रममा अर्का निर्णायक र्यापर आशिष राना ‘लाउरे’ले पहिलो सिजन टेलिभिजनमा भन्दा पनि युट्युवमा लोकप्रिय भएको बोलिरहदा पत्रकारले उनी माथी प्रश्नको हमाला गरे । तपाई रोडिज टेलिभिजनको लागि निर्माण भएको हो वा युट्युवका लागि । युट्युव ट्रेन भन्दा पनि टेलिभिजनको टिआरपी कति बढ्यो त्यो बताउनुस् ? एक पत्रकारले लाहुरे माथी प्रश्न राखे । प्रश्न सुन्ना साथ अक्क न बक्क परेका लाउरेले भने ‘टेलिभिजन र युट्युव सैतेनी दाजु भाइ हुन् । कार्यक्रम जेमा सफल भएपनि सफल भन्न मिल्छ ’ लाहुरेको जवाफले कार्यक्रम स्थल हाँसोले भरिएको थियो ।
यमाहाको प्रस्तुति रहेको ‘हिमालय रोडिज सिजन-२’ मा जुनै उमेरका भएपनि जोस र जागर भएका नेपाली नागरिकले भाग लिन सक्ने उक्त कार्यक्रमको आशिष राना ‘लाउरे’, हेमन्त दास श्रेष्ठ तथा दिया मास्के निर्णायक रहेका छन् ।
रोडिजको यस पटक फेरि चितवन, वुटवल, पोखरा र काठमाडौंमा अडिसन हुनेछ । सहभागी हुन चाहनेले आधिकारिक वेभसाईट, हिमालय टेलिभिजनको मूख्य कार्यालय, यमाहाको सोरुम तथा एभरेष्ट बैंकका कार्यालयबाट भर्न सकिनेछ ।
हिमालय रोडिजको दोस्रो संस्करणको भाग्यमानी विजेताले नगद रु. २० लाख रुपैया“ तथा एउटा यमाहा बाईक पुरस्कार पाउनेछन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।