कुनै ब्यक्तीको जिवनमा जन्मदिन विशेष हुन्छ ।जन्मदिन विशेष बनाउन मानीसहरु अचेल पश्चिमी संस्कार अनुसार खर्च गरी भोजभतेर गरी मनाउन चाहन्छन् तर नायिका बर्षा सिवाकोटीले भने यसपटक सेलिव्रेशन गरेर जन्मदिन मनाउनु भन्दा कुनै पवित्र काममा सहयोग गरौं भन्ने भावना जागृत भएर आफ्नो जन्मदिनमा ‘धुर्मुस सुन्तली’ फाउन्डेशनलाई सहयोग गरेकी छिन् ।
बर्षाले शनिबार आफ्ना पिता कृष्ण प्रसाद सिवाकोटीको संझनामा फाउन्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेलाई ५१ हजार नगद सहयोग स्वरूप हस्तान्तरण गरिन् ।‘धुर्मुस सुन्तली फाउन्डेशन हाल अन्तरराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने तयारीमा जुटेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।