काठमाडौं । चर्चित हाँस्य कलाकार दीपक राज गिरी काठमाडौंको दहचौक गाबिसमा जन्मिएका हुन् । उनले वि सं २०४९ रेडियो नाटक आमाबाट बाट हास्यकलाकारिता शुरु गरेका दिपकले नेपाल टेलिभिजनमा २०६० सालबाट संघर्ष गर्दै हालसम्ममा नेपालका प्रमुख हास्यकलाकारका रुपमा स्थापित भैसकेका छन् ।
दीपक राजले घर मै सामान्य क,ख,‘ सिकेँका थिए । बुवा शिक्षित भएकोले उनलाई घरमै ‘क’देखि ‘ज्ञ’सम्म पढाएको उनी बताउछन् । ८ वर्षको उमेरमा दहचोकको श्रीकृष्ण माविमा कक्षा २ मा भर्ना भएपछि दीपक राजको विद्यार्थीजीवन सुरु भयो । कृषि विकास बैंकमा जागिरे बुवाको सरुवा भएपछि दीपकले कक्षा ४ देखि ६ सम्म बागबजारस्थित सहिद शुक्र माविमा अध्ययन गरियो ।
दुई वर्ष अध्ययन गरेपछि फेरि भक्तपुरस्थित सिद्धार्थ बोर्डिङमा कक्षा ७ मा भर्ना भएको उनी बताउछन् । त्यहाँ उनले एक वर्ष मात्र अध्ययन गरेका थिए । त्यसपछि कालिमाटीको जनप्रभात माविमा कक्षा ८ मा भर्ना भई त्यहाँ पनि ८ कक्षा मात्रै अध्ययन गरेपछि फेरि उनी थानकोटस्थित प्रभात माविमा गएर कक्षा ९ मा भर्ना भई त्यहाँबाटै २०४१ सालमा एसएलसी दिएको उनले बताए ।
दीपकले भने “म एसएलसीमा फेल भएँ । मैैले ०४२ मा पनि एसएलसी कटाउन सकिनँ । ०४३ सालमा फेरि एसएलसी दिएँ । त्यो वर्षचाहिँ द्वितीय श्रेणीमा उत्तीर्ण भएँ । खुसीको सीमा नै रहेन ।” एसएलसीमा पटक–पटक फेल हुँदा सबैले लद्दु रहेछ भन्न थालेको दीपक राज बताउछन् । स्रोत :नयाँ पत्रिका र एजेन्सी
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।