काठमाडौं । नायक तथा निर्माता आर्यन सिग्देल र उनकी पत्नी सपना भण्डारी अष्ट्रेलिया उडेका छन् । ‘पर्सनल भिजिट’का लागि एक महिने छुट्टीमा सपना र आर्यन अष्ट्रेलिया उडेका बताइएका छन् ।
आर्यन पत्नी भण्डारीले भनिन्, ‘हामी पर्सनल घुमघामको लागि उडेका हौं’। पोष्ट प्रोडक्सनमा रहेको ‘कायरा’ छाडेर आर्यन दम्पती अष्ट्रेलिया उडेका हुन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह लिएर ‘कायरा’ बनाएका आर्यनले रिलिज मिति तय गरेका छैनन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।