काठमाडौं । बलिउडका अभिनेता सलमान खानको दबंग टुर नेपालको मिति ज्येष्ठ १२ गते शनिबार हुने तय गरिएको छ।
केही दिन अघि मात्र जमानतमा रिहा भएपछि लगत्तै नेपाली कार्यक्रमको मिति सार्वजनिक भएको हो।
सलमान जेलबाट छुटेको केही घन्टामै नेपालको आयोजक संस्था ओडिसी इन्टरटेनमेन्टलाई एक पत्र पठाउँदै दबंग टुरको भारतस्थित अफिसियल इभेन्ट म्यानेजमेन्ट कम्पनी जेए इभेन्ट्सले नेपाल कन्सर्टको मिति सार्वजनिक गरेको हो । पत्रमा उनको नेपाल कन्सर्ट जेठ १२ गते शनिबार उल्लेख गरिएको छ।
कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पल आउनेछन्। सलमान काले हरिण मारेको अभियोगमा पक्राउ परेपछि शनिबार धरौटी तिरेर जेलबाट छुटेका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।