काठमाडौं । फिल्म ‘प्रसाद’ निर्माणको घोषणा भएको छ । यो फिल्मलाई दिनेश राउतले निर्देशन गर्दै छन् । फिल्ममा अभिनेता विपिन कार्की, नम्रता श्रेष्ठ, नविन मानन्धरले मुख्य भूमिकामा अभिनय गर्नेछन् ।
पत्रकार सम्मेलनमा निर्देशक राउतले फिल्मको बारेमा बोल्दै भने, ‘नम्रता एउटा राम्रो अभिनय गर्ने कलाकार भएका कारणले मैले उनलाई चौथो फिल्ममा पनि लिएको हुँ । हामीविच, अरु कुनै त्यस्तो सम्बन्ध छैन ।’
यो फिल्म निः सन्तानका कारण श्रीमान् र श्रीमतिविच आउने असमझदारी, अविश्वास लगाएत सामाजिक, मुल्य, मान्यताविरुद्धको कथामा बन्ने जानकारी गराईएको छ ।
फिल्मलाई सुभाष थापाले निर्माता गर्दैछन् । संचारकर्मी सुशिल पौडेलले यो फिल्मको कथा लेखेका हुन् ।
पत्रकार सम्मेलनमा उपस्थित अभिनेत्री नम्रता श्रेष्ठले फिल्मको बारेमा बोल्दै भनिन्, ‘ यो फिल्मको बिषय संवेदनशिल छ । मैले सक्दो मिहिनेत गर्नेछु ।’
निर्माण पक्षका अनुसार यो फिल्मको छायाँकन वैशाखको अन्तिमबाट सुरु गरिनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।