एजेन्सी। अहिले विश्वभर विश्वकपको राैनक छाएकाे छ । अाम नागरिकदेखि सेलिब्रिटीहरु सबैले अाफूलार्इ मन पर्ने टिमलार्इ समर्थन गरीरहेका छन् ।
भारतमा क्रिकेटजस्तो फुटबलकाे क्रेज नभएपनि केहि नागरिकहरू र सेलिब्रिटीहरु भने फुटबलका फ्यान छन् । जसमध्ये एक सेलिब्रिटी हुन् शाहरुख खान । उनकाे समर्थन भने अर्जेन्टिनालाई छ । मेसीका फ्यान हुन् शाहरूख ।
मंगलबार राति अर्जेन्टिना र नाइजेरियाबीचको निणर्णायक खेलमा अर्जेन्टिनालाई ‘गर या मर’ को अवस्था थियो ।
शाहरूखले साे म्याच हेर्न पुगेका म्याराडोनाले आफ्नो ब्लड प्रेसर बढाइदिएको बताएका छन् । उनले टि्वटरमा लेखेका छन्, ‘उफ म्याराडोनाले मेरो प्रेसर बढाइदिए ।’
उक्त खेल हेर्ने क्रममा निकै तनावमा देखिएका थिए म्याराडोना । सायद त्यसैको असर शाहरुखलाई पनि परेर हाेला ।
शाहरुखले नाइजेरियाप्रति अाफ्नाे सहानुभूति भए पनि अर्जेन्टिना प्ले अफमा जानैपर्ने टि्वटरमा लेखेका थिए।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।