एजेन्सी । बलिउडमा आफ्नो भव्य र शान्दार फिल्मको लागि चर्चित निर्देशक सञ्जय लिला भंसालीले आज आफ्नो ५६ औं जन्मदिन मनाइरहेका छन् । निर्देशक भंसालीले आफ्नो जन्मदिनको अवसरमा एक राम्रो खबर बाहिर ल्याएका छन् ।
उनले २० वर्षपछि अभिनेता सलमान खानसँग फिल्म बनाउने योजना बनाइरहेका छन् । यो पनि जानकारी गराउँ कि अभिनेता सलमानले सन् १९९९ मा फिल्म ‘हम दिल दे चुके सनम’ मा सञ्जय लिला भंसालीसँग काम गरेका थिए । यो फिल्ममा सलमान खान र ऐश्वर्य राय बच्चनको अन–स्क्रिन जोडीले दर्शकमाझ एक प्रकारको स्थान बनाएको थियो ।
एक खबरका अनुसार एक इन्टरटेन्मेन्ट वेबसाइटसँग कुराकानी गर्दै भंसालीले प्रोडक्शनको सीइओ प्रेरणा सिंहले यो कुराको कन्फर्म गर्दै भनिन्, ‘सलमान खान र सञ्जय लिला भंसालीले २० वर्षपछि सँगै काम गदैछन् । यो फिल्मको कहानी एक लभ स्टोरी हुनेछ ।’
यस मुम्बई मिररको एक रिपोर्ट अनुसार निर्देशक भंसालीले अभिनेता सलमान खानसँग कुरा पनि गरिसकेका छन् । उनले अहिले एकै साथ तीन वटा स्क्रीप्टको काम गरिहरेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।