काठमाडौँ । बलिउडका कलाकार अजय देवगन र काजोल ५ वर्ष सम्मको डेटपछि विवाहा बन्धनमा बाधिएका थिए । सन १९९९ को २४ फेबु्रवरीमा विवाह भएको उनीहरुको आज एनिभर्सरी परेको छ ।
अजय र काजोलको सम्बन्ध सन १९९४ मा फिल्म गुंडाराजको शूटिंगबाट सुरु भएको थियो । उनीहरुले एक अर्कालाई मायाँ गर्छु भनेर कहीले नभनेको अजयले भारतीय मिडियामा अन्र्तर्वातको क्रममा बताएका छन् । उनीहरुबीच प्रपोज पनि नभएको उनले जनाएका छन् । अजय र काजोल एक अर्कालाई साथ दिदै अगाडि बढ्दै गए । नत उनीहरुमा विवाह गर्ने विषयमा केही कुराकानी नै हुन्थ्यो ।
अजय र काजोललाई विवाहा गर्नु पर्छ भन्ने चाही थाहा भएको अजय बताउँछन् । यी दुईको विवाहा हुने समयमा काजोलले आफ्नो करियर सूरु गरेकी थिइन् । त्यसैले मिडियामा उनीहरुको विवाहलाई लिएर निकै चर्चा चलेको थियो । विवाहापछि काजोलको प्राथमिकता परिवर्तन भयो । परिवारमा ध्यान दिनका लागि काजोल फिल्ममा कम काम गर्न थालिन् ।
काजोल र अजयको कोखबाट सन २००३ मा छोरी नीसा जन्मिन् । र त्यसको ७ वर्षपछि उनीहरु छोरा युगको आमा बाबु बने । उनीहरुले पहिलो पटक १९९५ मा फिल्म हलचलमा संगै काम गरेका थिए । त्यसपछि गुंडाराज, इश्क, प्यार तो होना था, दिल क्या करे जस्ता फिल्हरुमा उनीह संगै आए । अब भने अजयको फिल्म तानाजी– द अनसंग वाँरियामा काजोल फेरी एक पटक देखिने भएकी छन् ।
आज उनीहरुको एनिभर्सरी भएको कारण काजोलकी बहिनी तनीषा मुर्खजीले शुभकामाना दिएकी छन् । उनले सामाजिक संजालमार्फत संसारका सबैभन्दा राम्रो कपलको लागि एनिभर्सरीको शुभकामाना दिदै उनलाई हुर्काइको कुरालाई पनि उल्लेख गरेकी छन् । उनीहरु दुबैलाई मायाँ गर्ने बताउँदै विविहामा अजय र काजोलको कारण विश्वास बढेको बताइएकी छन् ।
एनिभर्सरीको दिन काजोलले अजयसंग गरेको कुराकानी पोस्ट गरेकी छन् । कोजोलले पति–पत्नीका ट्यूनिंग एक जस्तै भएमा सम्बन्ध राम्रो रहने बताएकी छन् ।
भारतीय मिडियमाको सहयोगमा
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।