काठमाडौं । ‘जुन त लाग्यो ताराल’को कभर गाएर चर्चामा आएकी बाल गायिका आयुष्का खनियाको अर्को गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘देश भित्र रहेनी’ बोलको उक्त गीतमा डाक्टर कृष्णहरी बरालको शब्द रहेको छ, भने गैरे सुरेशले संगीत भरेका छन् ।
रेडियो अडियोको प्रस्तुति रहेको राष्ट्रिय भावनाले ओतप्रोत उक्त गीत मंगलवार आयुष्का खनियाकै आधिकारीक युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । ललितपुरको गोदावारीमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन कलाकार तथा सञ्चारकर्मी सन्तोष खनालले गरेका हुन् ।
सुमन सागर जंग केसीको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोको छायांकन वुद्ध थापाले गरेका छन् । गीतमा सम्पादन सुरेश राउतको रहेको छ । गीतमा गायिका आयुष्का खनियासहित वि मानव आर्ट स्टुडियोका बालबालिकाहरुको अभिनय रहेको छ ।
यस अघि आयुष्काले गायक अलमोडा राना उप्रेतीसँग मिलेर ‘जुन त लाग्यो ताराले’ बोलको कभर गीत गाएकी थिइन् । उनले गाएको ‘जुन त लाग्यो ताराले’ बोलको कभर गीतले युटुवमा करिब ५० लाख भ्युज पाएको छ ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।