- नविन कुलुङ
काठमाडाैं । सुपरस्टार अनमोल केसीद्वारा अभिनीत चलचित्र ‘क्याप्टेन’ वर्ष २०७५ को सबैभन्दा प्रतीक्षित फिल्म मध्येको एक थियो । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘क्याप्टेन’ अहिले देशैभरका हलमा प्रदर्शन भइरहेको छ ।
शनिबार ‘क्याप्टेन’ हेर्न गाेपीकृष्ण हल पुगेकाे दर्शक
शनिबार ‘क्याप्टेन’ हेर्नका लागि चाबहिलस्थित गोपीकृष्ण हालमा ठुलै जमात उपस्थित भएका थिए ।
क्याप्टेन सहित ६ वाट फिल्म खेलिसकेका आमोलले यो पटक अरू भन्दा धेरै फरक चलचित्रमा अभिनय गरेका छन् । क्याप्टेन भन्दा अघिल्लो चलचित्र ‘कृ’ मा पनि अनमोलले अरू चलचित्र भन्दा फरक नै ल्याएका थिए । होस्टेल, जेरी, ड्रिम्स र गाजलुमा भने अनमोलको भूमिका खासै फरक देखिएकाे थिएन । यी चलचित्रमा ‘लभ स्टोरी’ समेटिएकाे थियाे ।
‘कृ’ भन्दा पनि पृथक् रहेको छ, ‘क्याप्टेन’ । अनमोलको अरू चलचित्र भन्दा यो पृथक् भएकाले पनि ‘क्याप्टेन’ हेर्नका लागि निकै ठूलो जमात उपस्थित भएका थिए, फिल्म हलमा । शनिबार गोपीकृष्ण हलको प्राङ्गण दर्शकहरूले भरिएको थियो ।
निकै ठूलाे भिड भएकाले अनमोलले नेपाल प्रहरीको गाडी आफ्नो गाडी अगाडि लगाएर आए । गाडीमा अनमोल आउने साथ फिल्म हर्न भेला भएकाे गाेपीकृष्ण हलकाे प्राङ्गणमा दर्शकहरू ‘अनमोल-अनमोल’ भन्दै हुटिङ लगाउन थाले । अनमोलका अंगरक्षकहरुलाई हम्मे हम्मे परेको थियो उक्त भिड पन्छाउन । अनमोलका चर अंगरक्षकले भिडलाई अलि-अलि पन्छाएपछि कारबाट अनमोल नेपालको झन्डा हातमा बोकेर कार बाहिर निस्किए । कारबाट बाहिर निस्कनसाथ दर्शकहरू झनै चिच्याएइरहेको थिए ‘अनमोल-अनमोल’ भन्दै ।
दर्शकहरूको ठूलो जमातसँगै रङ्ग पत्रकार र युट्युबे पत्रकारहरूको पनि राम्रो उपस्थित थियो । उनीहरू अनमोल आउन अगाडि नै क्यामेरा र्तेसाएर तैनाथ थिए । अनमोल कारबाट निस्कनेसाथ उनीहरूले तँछाडमछाड हुँदै फोटो भिडियो खिच्न थाले । अनमोलका अघिपछि क्यामेरा र स्मार्ट फोनहरू सबैले घुमाए । कतिले अनमोलसँग सेल्फी खिचे भने कतिले आफ्नो स्मार्ट फोनको प्रदर्शन मात्रै गरे ।
गोपीकृष्ण हालको उत्तरतिरको भवनको दोस्रो तलामा उक्लिए अनमोलले नेपालमा झन्डा फैलाउँदै फिल्म कस्तो लाग्यो ? भन्दै प्रश्न गरिरहेका थिए भने दर्शकहरू प्रङ्गाणमा हुटिङ लगाइरहेका थिए । अनमोलले आफ्नो अटोग्राफसहितको एउटा फुटबल दर्शकहरुकोबीचमा फालिदिए । दर्शकहरुबीच त्यो फुटबलमा खोसाखोस चल्यो । बल कसले पाए भनेर अत्तोपत्तो भएन । उनेले चर/ पाँच वटा फुटबल पालै-पालो गरी दर्शकहरूको माझमा फाले ।
उफ्री-उफ्री राष्ट्रगीत
अनमोल र दर्शकहरू सबैले नेपालको राष्ट्रगीत समेत गाए । अनमोलले ‘सयौँ थुँगा फुलका हामी’ भन्दै राष्ट्रगीत गाउन थालेपछि सबैले अनमोलको स्वरमा स्वर खापे । राष्ट्रगीत गाउँदा सतर्क उभिएर शिर हल्का निउराएर गाइन्छ । तर त्यहाँ त्यस्तो देखिएन ।
अमोलले नेपालको झन्डा हल्लाउँदै गाइरहेको थिए भने दर्शकहरू उफ्री-उफ्री गाइरहेको थिए । कसैले औला ठडाउँदै, कसैले लाल सलाम गरे जस्तै, कसैले चाहिँ कुनै भोजमा हिन्दी गीत बजाएर नाचे जस्तै गरी उफ्रीदैँ राष्ट्रगीत गाइरहेको थिए । यसरी राष्ट्रगीत गाइरहँदा मलाई भने कतै राष्ट्र गीतको अपमान त भइरहेको छैन ? भन्ने भान भयो ।
त्यसपछि कोही फिल्म हेर्नको लागि हलतिर छिरे भने कोही आफ्नो घरतिर लागे । फिल्म हेरेर निस्किएकाहरू आफ्नो घरतिर लागे भने फिल्म नहेरेकाहरू हलभित्र छिरे ।
फिल्ममाकाे कथा
फिल्म भित्रको कथामा एक पिता (सरोज खनाल)को अधकल्चो सपना छ । तर, उनको जीवनमा त्यो आकाङ्क्षा पूरा नभएपछि उनले आफ्नो सपना किशोर छोरो इशान (अनमाेल केसीकाे) को थाप्लोमा बोकाएर विदेशिन्छन् ।
छोरा इशान खड्का (अनमोल)ले फुटबलमा जादुयी खेल देखाउँछन् । इशानले फुटबलप्रतिको रुचि, लगाव, मेहनत कस्तो हुन्छ भनेर प्रतिनिधित्व गरेका छन् । स्थानीय प्रतियोगिताहरूमा सधैँ जितेका इशानको फुटबाल यात्रा बुबा वैदेशिक रोजगारी गएपछि राेकिएकाे छ ।
इशानका बुबा विदेशबाट अशक्त बनेर फर्किएपछि उनकाे फुटबाल यात्रा राेकिएकाे छ । इशान
घरकाे एक मात्रै छाेरा छन् । उनकाे थाप्लोमा सबै जिम्मेवारी खनिन्छ । उनी ‘सफल फुटबलर बन्ने’ सपनाले भन्दा पारिवारिक जिम्मेवारी पूरा गर्न तिर लाग्छन् । उनले परिवारकाे जिम्मेवारी पूरा गर्नकाे लागि फुटबल मैदान छाडेर रोजगारी खोज्नतर्फ लाग्छन् । इशानलाई साथ दिने गाउँकै दौतरी श्रेय (उपासना सिंह ठकुरी) हुन्छिन् ।
उनले पैसा कमाउनकै लागि नानाथरी काम गर्छन् । कहिले सिमेन्टको भारी बोक्ने, कहिले सहरका भित्तामा पोस्टर टाँस्दै हिँड्ने, कहिले खुइलिएको भित्तामा रङ्ग लगाउँदै हिँड्ने काम गर्छन् । उक्त काम गरिरहदा एकदिन एक फुटबल क्लबका प्रशिक्षक (प्रशान्त ताम्राकार)को नजरमा इशान पर्छन् । उनको यात्रा फेरी फुटबल मैदानतर्फ मोडिन्छ ।
उनले क्लब स्तरीय फुटबलमा पनि उस्तै जादु देखाउन थाल्छन् । पैसा पनि कमाउँछन् । यता इशानका थलिएका पिता बिस्तारै ठिक हुँदै जान्छन् । सफलताको नजिक पुगेको निशानको जीवनमा फेरि धरमर हुन्छ । किनभने उनको जीवनमा आफ्नै प्रेमी दुस्मनको रूपमा उभिन्छन् ।
कमजाेर पक्ष
नेपालमा खेल र खेलाडीलाई केन्द्रमा राखेर फिल्म खासै बनेको पाइँदैन । त्यसैले क्याप्टेन बन्नु एकदमै सुखद हो । यसले मन छुने कथा पस्केर फुटबलप्रतिको प्रेम थप सशक्त बनाउने आशा राखिएको थियो। तर फिल्म हेरिसकेपछि सोचे जस्तो भएन। अनमोलले हरेक खेलमा जादूयी खेल देखाए पनि गोलको मजा भने जति लिनु पर्ने हो त्यति लिन सकिँदैन । भिएफएक्सकाे प्रयाेगले हरेक खेलमा खेलाँची गरे जस्तै पनि देखिन्छ ।
फुटबलले युवा ढुकढुकीमा जुन किसिमको रोमाञ्चकता पैदा गर्नुपर्ने हो, त्यो गहिराइसम्म फिल्म पुगेको छैन । फिल्मको मूल कथा फुटबलको भए पनि दर्शकले बढी मज्जा चाहिँ लभस्टोरी र कमेडी पाटोमा गरेका छन् । फिल्म फुटबलमा नै मात्रै आधारित छैन । विल्सनविक्रम राई, राजाराम पौडेल, रवि डंगोल, निर्मल शर्मालगायतका कलाकार हसाउँनमा माहिर छन् ।
बादलभित्र अलमलिएको जहाजजस्तो अनमोलको ‘क्याप्टेन’ । मजा कतातिरकाे लिने ? खेलकाे, लभस्टोरी या कमेडी पाटोकाे ? चियामा चुनी र नुन दुवै मिसाए जस्ताे अनमाेलकाे ‘क्याप्टेन’ पनि ।खेलमा त कुनै मजाक गरिँदैन खेल भनेको खेलै प्रति शर्मपित हुनु पर्छ । फिल्ममा मसला होल्नले पनि फिल्मको स्वाद हराएको छ ।
पर्दामा अनमोल गोल हान्न संघर्ष गरिरहँदा त्यसले दर्शकमा रोमाञ्चकता पैदा गर्न फिल्म चुकेको छ । सङ्गीत र कमेन्ट्रीले फिल्मको अन्त्यतिर बङ्गलादेश र भारतसँगको खेलमा मैदानको हुटिङ सुन्नै पाइन्न ।
इशान घाइते भएर खेल खेलिरहेका हुन्छ । जब इशानका बुबा ह्विलचेयरमा मैदान पुगेका बुबाले हौसला दिन्छ छोरा जुरुक्क उठेर भटाभट गोल ठोक्छ । फुटबलमा यस्ताे कसरी सम्भव कसरी हुन्छ? भन्ने पनि प्रश्न उठाएकाे छ ।
पैसा कमाउनकै लागि नानाथरी काम गर्दा पनि उनलाई सुन्दर देखाउन कुनै कसर छाडिएको छैन । एउटा कामदार कस्तो देखिन्छ भन्ने देखिएको छैन ।
फुटबल प्रेमी दर्शक के भन्छन् ?
हुन त जीवन भोगाइ र फिल्लमा धेरै फरक नै हुन्छ । वास्तविक जीवनलाई फिल्म उर्तान गाह्रो नै हुन्छ । क्याप्टेन पनि त्यस्तै भएको हो । वास्तविक क्याप्टेन र वनवटी क्याप्टेनमा फरक त भइहाल्छ । ४, ५ वर्षदेखि खेल्न सुरु गरेर २५/३० वर्ष पुग्दा बनेको क्याप्टेन र तीन चार महिना तालिम लिएर बनेको क्याप्टेनमा आवश्यक पनि फरक त हुन्छ नै ।
क्याप्टेन हेर्नको लागि कति अनमोलको फ्यान हल पुगेको थिए भने कति फुलबलप्रेमि पुगेका थिए । अनमोल बार्सिलोनाका कप्तान लियोनल मेस्सीका फ्यान भएकै कारण पनि केही फुटबल प्रेमी मेस्सीका फ्यानहरु फिल्म हल पुगेको थिए ।
फिल्म हेरीसकेपछि उनीहरूलाई ‘क्याप्टेन’ कस्तो लाग्यो ? भनेर प्रश्न गर्दा कसैले राम्रो प्रतिक्रिया दिए भने कसैले विभिन्न टिप्पणी पनि गरे । सामाजिक सञ्जालबाट भेला भएका मेस्सीको केही फ्यानहरु शनिबार गोपीकृष्ण हल पुगेका थिए । उनीहरूले वास्तविक खेलमा जस्तो मज्जा लिन नसकेको बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।