काठमाडौँ । फिल्म ‘चच हुई’को मुख्य भुमिकामा नायक आर्यन सिक्देल र मिरुना मगर भित्रिएका छन् ।
साम्तेन भुटियाले निर्देशन गर्न लागेको यो फिल्मका छायांकन यसै साताबाट सुरु हुने भएको छ । फिल्मको छायांकन वैशाख अन्तिममा सकिने निर्माण टोलीले जनाएको छ ।
फिल्ममा चर्चित संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहने यो फिल्म कमेडी जनरामा निर्माण हुने भएको छ । फिल्मको निर्माण अमृत घले लामाले गर्दैछन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।