काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षको लागि निर्देशक सुचित्रा श्रेष्ठको नाम दर्ता भएको छ ।
श्रेष्ठले चलचित्र विकास बोर्डको अध्यक्षको लागि उम्मेदवारी दर्ता गरेकी हुन् । उनले नेपाली चलचित्रमा पहिलो महिला निर्देशकको परिचय बनाएकी छन् ।
बोर्ड अध्यक्ष निकिता पौडेलको राजीनामापछि चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ताको लागि प्रक्रिया अघि बढेको छ ।
श्रेष्ठले वि.सं.२०५८ सालमा चलचित्र प्रेमयुद्धबाट निर्देशनमा डेब्यु गरेकी थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।