काठमाडौं । गत शुक्रबारबाट दर्शकमाझ रिलिजमा आएको फिल्म ‘क्याप्टेन’को प्रचारप्रसारको क्रममा नेपालगञ्जमा पुग्दा अभिनेत्री निरुता सिंह विरामी भएकी छन् । यसरी नेपालगञ्जमा विरामी भएपछि निरुता उपचारको लागि मुम्बई पुगेकी छन् । उपचारको क्रममा अभिनेत्री निरुतालाई डेंगु भएको खुलासा भएको हाे ।
केही दिनदेखि अभिनेत्री निरुताको मुम्बईमा उपचार भइरहेको छ । रुघा र खोकीले ग्रस्त निरुता मुम्बई फर्किएपछि मात्र उनलाई डेंगु भएको पत्ता लागेको हो ।
अभिनेत्री निरुताले अभिनय गरेकी अर्को फिल्म हो ‘दाल भात तरकारी’ । यो फिल्म आउँदै गरेको बैशाख १३ गतेबाट दर्शकमाझ रि।लिजमा आउँदै छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।