काठमाडौं/एजेन्सी । केही समयअघि मात्रै अभिनेता अजय देवगनको नाम एयरपोर्सको जांवाज स्काँडन लिडर विजय कार्णिकको बायोपिकमा जोडिएको समाचार आएको थियो । यसका साथै अहिले आएर यो फिल्ममा ‘मुन्नाभाई’ सञ्जय दत्तको साथमा अन्य चार कलाकारहरुको नाम पनि जोडिएको छ । जहाँ दुई चर्चित कलाकारहरु छन्, अर्को एकजना भने पञ्जाबी कलाकार सामेल छन् ।
हो, अजय देवगनको आगामी फिल्म ‘भुजः द प्राइड अफ इन्डिया’मा सञ्जय दत्त, सोनाक्षी सिन्हा, परिणिती चोपडा, राना दगुबत्ति र एमी विर्क पनि मुख्य भूमिकामा देखिने भएका छन् । भर्खरै यसै फिल्मको निर्माण पक्षले यो जानकारी सार्वजनिक गरेको हो ।
फिल्ममा अजय देवगनले मुख्य भूमिकामा काम गर्दैछन् । यसै साताको सुरुवातमा अभिनेता अजयले सोसल मिडियामा आफूले आगामी फिल्ममा भारतीय वायु सेनाको विंग कमाण्डर विजय काणिकको भूमिकामा देखिने जानकारी गराइसकेका छन् । यसका साथै टि–सिरिजको मुखिया भूषण कुमारले यस फिल्मको अन्य कलाकारहरुको नाम पनि सार्वजनिक गरेका छन् ।
कुमारले भने, ‘भुजः द प्राइड अफ इन्डिया’को मुख्य भूमिकामा तपाईहरुलाई स्वागत छ, अजय देवगन, परिणिती चोपडा, सञ्जय दत्त, सोनाक्षी सिन्हा, राना दग्गुबत्ती र एमी विर्क । अभिषेक दुधैयाद्वारा लिखित र निर्देशित ।’
यो फिल्म १९७१ को भारत–पाकिस्तानको युद्धको दौरानमा घटेका वास्तविक घटनामा आधारित हुनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।