काठमाडौं । अभिनेत्री जसिता गुरुङ र अभिनेता प्रदीप खड्काको मुख्य भुमिकामा बनेको फिल्म ‘लभ स्टेशन’ यही चैत २२ गतेदेखि रिलिज हुँदैछ ।
फिल्म ‘लभ स्टेशन’ को टिमले अनाथ बालबलिकाहरुलाई सहयोग गरेका छन् । फिल्मको तर्फबाट अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले ४५ जना अनाथ बालबालिकालाई प्राइभेट स्कुलमा पढाउँदा लाग्ने सबै खर्च प्रदान गरेका हुन् ।
उनीहरुले बैशाखमा स्कुल भर्ना गरिदिनेदेखि लिएर तीन महिना सम्मको मासिक शुल्क दिएका छन् । खड्का र शाहीले शनिबार गोकर्णको संयुक्त एकता अपांग आवाज केन्द्रका ४५ जना बालबालिकालाई विद्यालय भर्ना र तीन महिनाको लागि रकम प्रदान गरेका छन् ।
चलचित्र लभ स्टेशनका तर्फबाट बालबालिकालाई सहयोग गरेको प्रदीपले बताए। प्रदिप र जसिताले यस अघि पनि करेन्टबाट दुवै हात गुमाएकी मेघा घिमिरेलाई एक लाख रुपैयाँ लभ स्टेशनका तर्फबाट सहयोग गरेका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।