एजेन्सी । अभिनेता रणवीर कपूर र अभिनेत्री क्याट्रिना कैफ करीब सात वर्षसम्म एक–अर्कासँग रिलेसनमा बसिसकेपछि २०१६ मा आएर छुट्टिइसेका छन् । तर यो जोडीले यसरी आफ्नो सम्बन्ध तोडेपछिको असर सलमानलाई पनि परेको छ ।
रिपोर्टका अनुसार सलमान खान अझैं पनि यसै कुरालाई लिएर रणवीर कपूरसँग रिसाइरहेका छन् । जसको कारण बनेको छ– क्याट्रिना कैफसँग रणवीरको सम्बन्ध टुट्नु । पछिल्लो समय फिल्म फेयर अवार्डमा क्याट्रिना र सलमानको भेट भएको थियो । यो जोडीले ब्रेकअपपछि खासै सँगै देखिन चाहिरहेका थिएनन् ।
तर ब्रेकअपपछि पहिलो पटक यो जोडीले विगतका कुरालाई भुलेर एक अवार्ड शोमा अंकमाल गरेको देखिए । यसरी अंकमाल गरेसँगै रणवीर र क्याट्रिना एक असल साथी बन्न पुगेका अनुमान गर्न सकिन्छ । तर क्याट्रिनाको एक्स ब्बईफ्रेण्ड सलमान खानले भने रणवीर कपूरलाई अझैं पनि माफ गरेका छैनन् ।
अवार्ड फङ्कशनमा रणवीर कपूर आफ्नो नयाँ गर्लफ्रेण्ड आलिया भाटलाई लिएर पुगेका थिए । आलिया र क्याट्रिना पनि एक असल साथी हुन् । यता रणवीर पनि आफ्नो पुरानो गर्लफ्रेण्ड दीपिका पादुकोण र क्याट्रिना कैफसँग एक राम्रो साथी सम्बन्ध बनाइसकेका छन् ।
रिपोर्टका अनुसार सलमान खानले आफ्नो रिस छिट्टै भुल्दैनन् । जसको उदाहरण उनको क्याट्रिनासँग ब्रेकअप भएर पनि रणवीर कपूरलाई माफ गरिरहेका छैनन् । २०१६ देखि सलमानले रणवीरसँगको आफ्नो सम्बन्ध टाढा राखेका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।