काठमाडौँ । शिक्षा मानव जीवनमा सबैलाई अति आवश्यक हाे भन्ने सबैलाई थाहनै छ । भनिन्छ शिक्षाले उज्यालो दिन्छ । शिक्षा विनाको जीवन अन्धकार भएको भान नहुने कोही नहोला । यसले जीवनलाई सहज बनाउँछ । तर शिक्षा कति तहसम्मको लिने हो त्यो व्यक्तिमा भर पर्ने कुरा हो । हुन त जीवन भर मानव अनौपचारिक शिक्षा त लिरहेको हुन्छ । र औपचारिक शिक्षा कति लिने भन्ने मानवमा भर पर्छ ।
कोही व्यक्तिले चाहेर पनि औपचारिक शिक्षालाई अगाडि बढाउन नसक्ने अवस्था हुन्छ । त्यस्ता कतिपय व्यक्तिहरुले निकै चर्चा पनि कमाइरहेको हुन्छ । यो समय नेपाल र भारतमा विद्यार्थीहरुको परीक्षा चलिरहेको छ । नेपालमा एसईई चलिरहेको छ भने भारतमा पनि विद्यार्थीहरु कक्षा १० र १२ को बोर्ड परीक्षामा व्यस्त छन् । सबै विद्यार्थीले परीक्षालाई एक दमै गम्भिर रुपमा लिएको हुन्छ । यो हुनको कारण त सबैलाई थाहा नै छ । बोर्ड परीक्षा सबै विद्यार्थीहरुको करियरको सवाल हुन्छ । यसैबाट उनीहरु आफ्नो भविष्य सुनिश्चित गर्छन् ।
पछिल्लो समय बेला उमेरमा पढाइलाई निरन्तर दिन नसकेका धेरैले फेरि थालेका र गरिरहेका उदाहरणहरु धेरै नै छ । नेपालमा हेर्ने हो भने ज्वलन्त उदाहरण अभिनेत्री करिश्मा मानन्धर उनले पढाइ छोडेकी थिइन् । तर अहिले निरन्तर दिदै छिन् । उनी अहिले एसईईको परीक्षामा व्यस्त छिन् । करिश्मा एसईईको परीक्षाको लागि निकै तयार गरिरहेको समाचारहरु पनि बाहिरिएको थियो । पढाइलाई निरन्त्र दिन नसकेका कलाकारहरु नेपालमा पनि छन् । त्यस्तै भारतमा पनि चर्चामा रहेका कलाकारहरु पनि पढाइलाई पनि संगै लान नसकेका कलाकारहरु धेरै छन् ।
बलिउडका केही कलाकारहरुको पढाइ यस्तो रहेको छ । उनीहरु स्कुल र कलेजमा कहीले पनि जान नपाएका समाचार बाहिरीएको छ । धेरै नपढे पनि उनीहरुले छुट्टै पहिचान बनाइसकेका छन् । बलिउड कलाकार आमिर खान फिल्म क्षेत्रमा २५ वर्ष भन्दा पनि लामो समय बिताइसकेका छन् । उनले कुन स्कुलमा कती पढेको छ त्यसको रिर्पोट नभएको भारतीय मिडिया दैनिक जागरनमा उल्लेख छ । उनले एक भारतीय टिभि च्यानलको कुराकानीमा कुनै पनि स्कुलमा कुनै नाता नरहेको अथवा स्कुल नगएको बताएका छन् ।
उक्त समयमा आमिरको फिल्म लाल सिंह चड्ढा को चर्चा चलेको थियो । त्यस्तै बलिउडका अर्को चर्चित अभिनेता सलमान खानले सिंधिया स्कुल ग्वालियर र सेंट स्टीन्सलाँ स्कुल मुम्बाइबाट निस्केपछि नेशनल कलेज मुम्बाइमा भर्ना भएका थिए । तर कलेजमा भने नगाएको जनाएको छ । उनले हाइ स्कुल सम्मको पढाइ गरे । उनी यो समय बलिउड फिल्ममा धुम मचाइरहेका छन् । यस्तै अक्षय कुमार मुम्बाइको खालासा कलेजमा ११ कक्षामा भर्ना भए । तर पढाईमा डिग्री भने गर्न सकेनन् ।
उनले एक अन्तर्वातको क्रममा कहीले पनि स्कुलको शिक्षालाई प्राथमिकता नदिएको बताएका छन् । अभिनेत्री कटरीना कैफ पनि कहीले स्कुल जान नपाएको मिडियाले जनाएको छ । कटरीना कैफ उनको आमा बाबुको सात जना सन्तान मध्य एक हुन् । कटरीना १४ वर्षको उमेरदेखि नै मोडलिङमा लागेकी थिइन् । त्यसपछि स्कुल र कलेजको पढाइ सबै छुटेको थियो । अभिनेत्री दीपका पादुकोण महज स्कुल सम्मका बुनियादी तालीम लिएकी थिइन् ।
बैंगलोरबाट पादुकोणले सोफिया हाई स्कुलमा पढिन् । त्यसपछिको पढाइ उल्लेख गेको पाइदैन । त्यस्तै अभिनेत्री करिश्मा कपूरले कक्षा ६ सम्मा मात्रै अध्ययन गरेकी छिन् । अभिनेत्री काजोलले स्कुल तहको पढाई पनि पूरा नगरेको उल्लेख छ । यस्तै कंगना रनौत कक्षा १२ मा फेल भएकी थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।