काठमाडौँ । शुक्रबार अर्थात आजदेखी दुई अपेक्षित चलचित्र बजारमा आएका छन् । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि दुई चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ एकआपसमा मज्जा स.गै भिड्ने सबैको आकलन रहेको छ । एकतीर ए मेराे हजुर २ बाटै फिल्मी करियर सुरु गरेका सलिमान र अर्कोतिर अनमोल रहेका छन् । त्यसो त दुवै चलचित्रलाई यस वर्षका प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छ ।
‘ए मेरो हजुर ३’ मा अभिनेता अनमोल केसी र निर्देशक झरना थापाकी छोरी सुहाना थापाको जोडी बाँँधिएको छ । सुहानाले यसै चलचित्रबाट चलचित्रमा प्रवेश गरेकी छिन् । सुनिल कुमार थापाको निर्माण रहेको चलचित्र ‘ए मेरो हजुर ३’ मा अनमोल केसी, डेब्यु नायिका सुहाना थापासँगै सलोन बस्नेत, सरोज खनाल, रेअर राइलगायतका कलाकारहरु मुख्य भूमिका रहेका छन् ।
त्यस्तै अर्को चलचित्र हो यात्रा । चलचित्र यात्रा अभिनेता सलिनमान बनियाँका कारण पनि चर्चामा छ । चलचित्र यात्रामा सम्राट शाक्यको डेब्यू निर्देशन रहेको छ । चलचित्रमा सलिनमान बनियाँ भ्लगरको भूमिकामा प्रस्तुत भएका छन् ।
सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र यात्राले युवा पुस्ताको मित्रता र मायाको कथा प्रस्तुत गर्ने बताइएको छ । चलचित्र यात्राको कथा पनि निर्देशक शाक्य स्वयंले लेखेका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।