एजेन्सी । बलिउड कलाकार दीपिका र रणवीर बीजेपी अर्थात नरेन्द्र मोदीको चुनावी अभियानमा शामेल भएकोे एक फोटोले यतिखेर चर्चा पाइरहेको छ ।
भारतमा लोकसभा चुनाव २०१९को पहिलो फेजको मतदान बीहिवार सम्पन्न भएको छ । भारतीय फिल्मी कलाकारहरु पनि आफ्नो मन परेको पार्टीलाई खुलेर समर्थन तथा प्रचार प्रसार गरिरहेका छन् । यस्तैमा सामाजिक संजालमा दीपिका र रणवीरले नरेन्द्र मोदीको पार्टी बिजेपीलाई समर्थन गर्दै गरेको फोटो भाइरल बनेको छ ।
‘एक बिहारी १०० माथि भारी’ नामको फेसबुक पेजमा यो फोटो शेयर गरिएको छ । फोटोमा दीपिका र रणवीर दुवैले पहेंलो रङको सल ओढेका छन् जसमा ‘भोट फर बीजेपी नरेन्द्र मोदी , कमलको बटन दबाएर देश विकासमा जुटौेंं’ लेखिएको छ ।
तर दीपिका र रणविरको यो फोटो नक्कली भएको बताइएको छ । खवर अनुसार बीजेपीको लागि भोट अपील गरिएको यो फोटो फोटोसप गरिएको हो । रणवीर दीपिकाको यो फोटो भरखर उनीहरु विवाह गरेको समयमा परिवारको साथ मुम्बईस्थित सिद्धिविनायक मन्दिरमा खिचिएको थियोे ।यसै फोटोलाई बीजेपीका कुनै समर्थक युजरले यस्तो गरेको बताइएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।