काठमाडौं/एजेन्सी । भारतमा लोकसभा चुनावी माहोलमा अभिनेत्री जाह्नवी कपूरको नामबाट एक ट्वीट सोसल मिडियामा भाइरल बनिरहेको छ । उक्त ट्वीटमा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रचार गरिएको छ । जाह्नवीको नामबाट सेयर गरिएको ट्वीटमा लेखिएको छ, ‘मलाई राजनीति थाहा छैन, तर मलाई लाग्छ देशलाई मोदी जीको आवश्यकता छ ।’ यो पोष्ट सेयर हुनेवितिक्कै भाइरल बन्न सुरु भइकसेको छ ।
यो पोष्ट सेयर भएको केही घण्टामै ३६०० पटक रि–ट्वीट गरिएको छ, भने १२ हजार भन्दा बढी पटक लाइक गरिएको छ । यसै ट्वीट अनुसार अभिनेत्री जाह्नवी कपूरले मोदीको प्रचार प्रसार गरिरहेकी बताइएको छ । तर, जाह्नवी कपूरको नामबाट खोलिएको ट्वीटर अकाउन्ट फेक हो । यो अकाउन्ट बेरिफाइड होइन ।
जह्नवीको नाममा खोलिएको यस अकाउन्ट २७ जुनमा क्रिएट गरिएको थियो, भने अहिलेसम्म १९ पटक मात्रै ट्वीट गरिएको छ । अहिलेको समयमा जाह्नवी कपूर राजनीतिबाट टाढा रहेर आफ्नो फिल्ममा ब्यस्त छन् ।
उनले गुञ्जन साक्सेनाको जीवनीमा आधारित बायोपिकमा भुख्य भूमिका निभाइरहेकी छन् । जाह्नवीले सैराटको रिमेक फिल्म ‘धडक’बाट बलिउडमा डेब्यु गरेकी थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।