काठमाडौं/एजेन्सी । अभिनेता ऋतिक रोशनले आफ्नो फिटनेशलाई लिएर निकै वर्कआउट गर्ने गरेका छन् । प्रायः ऋतिक रोशनको वर्कआउटको भिडियो र तस्वीरहरु सोसल मिडियामा भाइरल बनिरहेका हुन्छन् । वर्कआउट गरेको ऋतिकको भिडयोले सबैबाट कमेन्टहरु पाउँछ । यो मानेमा ऋतिकका पूर्व पत्नी सुजैन खान पनि पछि हटिनन् । सुजैनले कमेन्टमा लेखिन, ‘तपाई २० वर्ष पहिलेको तुलनामा निकै हट देखिनुभएको छ ।’
अभिनेता ऋतिक रोशनले भिडियो सेयर गर्दै लेखेका छन्, ‘ट्रान्सफर्मेशन जर्नी टु दोस्रो दिन । पछिल्लो केही वर्षदेखि सबै चोटहरुका कारण मैले एप्सलाई विस्तारै पर्फमेन्स दिन सुरु गरेँ । यसले मलाई तागत हाँसिल गर्नको साथै मलाई फर्कनका लागि मद्दत गरेको छ । जो मेरो वर्कआउट एप्सका हिस्सा बनेको छ ।’ साथै उनले ह्यासट्याग दिएर ‘नो पेन, नो गेन’ पनि लेखेका छन् ।
अभिनेता ऋतिक र पूर्वपत्नी सुजैन खान स्पेशल समारोहमा सँगै देखिदै आएका छन् । दुवैले स्पेशल बोन्ड सेयर गर्दै आएका छन् । साथै दुवैले आफ्नो छोरालाई पर्याप्त मात्रामा समय पनि दिदै आएका छन्, भने सँगै डिनर–डेट पनि जाँदै आएका छन् ।
मिडियाले यो जोडीले पुनः विहे गर्ने चर्चा चालाउँदै आएकाछ छ, तर यो कुरालाई उनीहरुले झुटो भएको बताउँदै आएका छन् । वर्कफ्रन्टको कुरा गनुपर्दा अभिनेता ऋतिक रोशन फिल्म ‘सुपर ३०’मा देखिदै छन् । यो फिल्म यसै वर्षको २६ जुलाईबाट दर्शकमाझ रिलिजमा आउँदै छ । फिल्ममा ऋतिकसँगै मृगाल ठाकुर, अमित साध र नंदीश संधु पनि मुख्य भूमिकामा देखिदै छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।