काठमाडौँ । ‘इन्टुमिन्टु लण्डन’ मार्फत नेपाली रजतपटमा पाइला टेकेकी निर्देशक रेनशा वान्तवा राईले प्रेमी प्रज्वल शमशेर जबरासँग इन्गेजमेन्ट गरेकी छन् ।
निर्देशक रेनशा वान्तवाले दोस्रोपटक फिल्म ‘आइ एम ट्वान्टी वान’निर्देशन गर्दैछिन् । निर्देशक रेनशा वान्तवा र प्रज्वलले आफन्त र नजिकका साथीमाझ औंठी साटेका हुन् । उनीहरुको विवाह भने वैशाख २४ गते हुने भएको छ ।
वान्तवा राई कोरियोग्राफर हुदै निर्देशनमा लागेकी हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।