काठमाडौं/एजेन्सी । अहिले आम्रो छिमेकी राष्ट्र भारतमा लोकसभा चुनाब २०१९ मा आफ्नो पार्टीलाई जित दिलाउनका लागि सबै नेताहरुले जमेर चुनावको प्रचार–प्रसार गरिरहेका छन् । यसै प्रचार प्रसारको क्रममा नेताहरुले मुस्लिम विरोधी बयान पनि दिइहरेका छन् ।
यसरी नेताहरुले आफ्नो पार्टीलाई जिताउनका लागि मुस्लिम विरोधी बयान दिइरहेका समयमा अभिनेत्री स्वारा भास्करले यसबारे जमेर विरोध गरेकी छन् ।
यसै विषयलारई लिएर अभिनेत्री स्वारा भास्करले ट्वीट गरेकी छन् जुन निकै भाइरल बनिरहेको छ । स्वाराको यस ट्वीटलाई ३६ सय भन्दा बढी पटक रि–ट्वीट गरिएको छ, अझैं पनि रि–ट्वीट हुने क्रम जारी छ । स्वाराले आफ्नो ट्वीटमा राजनीतिक र सामाजिक मुद्धामाथि आफ्नो भनाइ राखेकी छन् । स्वाराले ट्वीट गर्दै चुनाव प्रचार–प्रसारमा मुस्लिमहरुलाई बनाइएको निशानामाथि खुलेर विरोध गरेकी छन् ।
उनले ट्वीट गर्दै लेखेकी छन्, ‘भारतीय मुसलमान र गैर सवर्ण जातीसँग अपमानजनक र कट्टरता वाला बयानप्रति माफी माग्न चाहुन्छु । यो तपाईको देश हो, त्यसैले चुपचाप नबस्नुहोस् । यसको विरोध गर्नुहोस् ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।