काठमाडौं । प्राविधिक शंकर पाण्डेमाथि कुटपिट गरेका नायक विराज भट्टले माफी मागेका छन् । चलचित्र प्राविधिक संघले अभिनेता र प्राविधिकबीचको विवाद सुल्झ्याउन मंगलवार दिउँसो डाकेको बैठकमा अभिनेता भट्टले प्राविधिक पाण्डेसँग माफी मागेका हुन् ।
चलचित्र निर्माणसम्बन्धी कुराकानी का क्रममा सोमबार बेलुकी विराजले प्राविधिक पाण्डेमाथि हात हालेका थिए । जवाफमा पाण्डेले पनि भट्टमाथि हातपात गरेका थिए ।
न्यूज ट्वान्टी फोरसँग कुराकानी गर्दै चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले विवाद सहमतीमै टुंगिएको बताए । उनले भने–‘गल्ती भएपछि विराजजीले माफी माग्नु स्वभाविक हो । तर, दुबै जना सहमतीमा आएर कुरा टुंगिएको छ,’ लामाले बताए ।
यद्यपी विवाद सहमतीमै टुङ्गिएपनि विराजको चलचित्रमा पाण्डेले प्राबिधिकको रुपमा काम नगर्ने भएका छन् । पाण्डेले पनि भट्टलाई पारिश्रमिकको संझौतामा दिएको पेश्की रकम फिर्ता गर्नु नपर्ने भएको छ । विराज आफैले पैसा फिर्ता गर्नु नपर्ने बरु आफूले एक हजार थपेर दिन तयार भएको बताएका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।